मुनामदन सिलवाल
काठमाडौँ, २२ चैत्र । काठमाडौँ महानगरपालिका वडा नं. ६ पाटीटारमा रहेको काठमाडौँ रिजेनेरेटिभ हेल्थ केयर सेन्टरले विपुल इङ्गलिस स्कुलका अभिभावकलाई लक्षित गर्दै गत सोमबार स्वास्थ्य शिविर सम्पन्न गरेको छ । उक्त शिविरमा वरिष्ठ चिकित्सकहरुद्वारा हाड जोर्नी नसासँग सम्बन्धित समस्याहरुबारे सल्लाह एवं समाधान उपाय बताइएको थियो ।
विहान १०:०० बजेदेखि सञ्चालित उक्त शिविरमा विद्यार्थी भाइबहिनीहरुमा हुने हाड जोर्नीसँग सम्बन्धित समस्याहरुलाई सुझाव एवं समाधान गर्ने उद्देश्यका साथ आयोजना गरिएको काठमाडौँ रिजेनेरेटिभ हेल्थ केयरकी प्रवन्धक सन्तोषी डंगोलले बताउनुभयो । उहाँले भन्नुभयो–“आगामी दिनहरुमा हामी स्थानीय क्षेत्रका अन्य विद्यालयहरुमा क्रमिक रुपमा सञ्चालन गर्दै लैजाने सोच रहेकाे छ।”
शिविर कार्यक्रममा हाडजोर्नी विशेषज्ञ डा. मिनिर रानानभारेले विद्यार्थीहरुको चेकजाँच गर्नुभएको थियो भने उनलाई केयर सेन्टरका अन्य चिकित्सिक तथा स्वयसेवकहरुले सहयोग गरेको थियो । विपुल स्कुलका करीब २०० जना अभिभावक शिविरबाट लाभान्विक भएका विद्यालयका प्रिन्सिपल मोहन अधिकारीले बताउनुभयो ।
विपुल इङ्गलिसका अध्यक्ष विष्णुराज लामिछानेले यस्ता किसिमका स्वास्थ्य सम्बन्धी समय–समयमा आयोजना गर्नुपर्नेमा जोड दिँदै काठमाडौँ रिजेनेरेटिभ हेल्थ केयर सेन्टरलाई धन्यवाद दिनुभयो ।