दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, १२ पुष । वडा प्रहरी कार्यालय, बिर्ता ले बिल विजक भन्दा बढी खुद्रा, लत्ता कपडा तथा औषधी लगायतका सामानहरू बोकेको एउटा मालबाहक ट्रकलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज बाट कास्कीतर्फ गईरहेको मालबाहक ट्रक लाई विशेष सूचनाको आधारमा यहाँ बाट खटिएको प्रहरी टोलीले मंगलबार राती करिब ०१:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १० ग्रिन सिटी चोक स्थित सडक खण्डमा प्र. २-०३-००१ ख ३६९४ नम्बरको मालवाहक ट्रकलाई रोकी चेक जाँच गर्ने क्रममा नमस्ते कार्गो ट्रासपोर्ट बाट पठाईएको ट्रकमा विल बिजक संकास्पद देखिएको हुँदा उक्त ट्रक नियन्त्रणमा लिई हेर्दा अन्दाजी मूल्य रू. ५५ लाख १२ हजार ५ सय ३१ बराबरको खुद्रा, लत्ताकपडा तथा औषधीजन्य सामाग्रीहरू फेला पारी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आजै राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा प्रहरी निरीक्षक विशाल मल्लले बताएका छन् ।