विष्णुप्रसाद तिमल्सिना

काठमाडौँ, ८ साउन । कोरियामा आयोजना हुने विश्व स्काउन ज्याम्बोरीमा नेपाल स्काउटका बागमती प्रदेश प्रमुख शिवराम अर्यालसहितको १७५ जना साउन १४ गते आइतबार नेपालबाट कोरिया प्रस्थान हुने भएका छन् ।
कोरियामा हुने विश्व स्काउट ज्याम्बोरी आउँदो अगस्ट १ देखि १२ गतेसम्म कोरियाको विश्व स्काउट ज्याबोरी हुँदैछ । विश्वका करीब १९० देशको सहभागिता सहभागिता हुने र १३० वटाभन्दा बढी कार्यक्रम आयोजना हुने सो कुम्भ मेला विश्वभरका स्काउटहरूले बडो होर्षोल्साउका साथ मनाउने गर्दछन् ।

उक्त महाभेलामा विश्वका हरेक राष्ट्रका स्काउटहरूले आफ्नो अनुकुलका अनुभव साथै राष्ट्र राष्ट्रियता र संस्कृति झल्कने खालका प्रस्तुत रहनेछ ।
युनिफर्म लगाएर निस्कने विश्वकै सबभन्दा ठूलो स्वयसेवी सामाजिक संस्था मानिने स्काउटका नेपाल सरकार शिक्षा मन्त्रालयले समेत यसको महत्वलाई आत्मसाथ गर्दै प्रत्येक ‘एक घर, एक स्काउट’ भन्ने अभियानमा नेपाल सरकारले समेत नारासहित यस अभियानलाई आत्मसाथ गरेको शिवराम अर्याल बताउनुहुन्छ । नेपाल स्काउटका प्रमुख आयुक्त लोकबहादुर भण्डारी नेतत्व गरेपछि स्काउट अभियान देशव्यापी मौलाएको अर्याल बताउनुहुन्छ ।

टिम एक्स क्रियुका अध्यक्ष समेतका एवं सामुदायिक सेवा समितिका अध्यक्ष रहनुभएका शिवराम अर्याल र राम श्रेष्ठलाई साउन ६ गते शनिवार भ्रमण सफलताको कामना गर्दै लोगोअंकित टिसर्ट नेपाली ढाका टोपीलगायत लगाई दिएर केक काटी क्रुयका रोभर रेञ्जरहरूले उत्साहजनक रुपमा सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरी विदाइ कार्यक्रम सम्पन्न भयो ।


अध्यक्ष अर्यालले सो अवसरमा स्काउटबाट आगामी दिनहरूमा सबल र सक्षम नेतृत्वदायी भूमिकामा रहन रोभर रेञ्जरहरूलाई निर्देशनसहित दिनुभयो ।