दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगञ्ज, २५ चैत | जिल्ला प्रहरी कार्यालय, पर्सा अन्तर्गत कार्यरत प्रहरीहरूको नि: शुल्क थाइराइड परीक्षण गरिएको छ । विश्व स्वास्थ्य दिवसको अवसर पारेर आज जिल्ला प्रहरी कार्यालय परिसर मै प्रहरीहरूको नि: शुल्क थाइराइड परीक्षण गरिएको हो ।

त्यहाँ कार्यरत १ सय २० जना प्रहरीले थाइराइड परीक्षण गराएका हुन् । सामुदायीक संस्था सानो पाइला र एजिलस् ल्याबरोटरी सँगको सहकार्यमा उनीहरूको थाइराइड परीक्षण गरिएको हो ।

कार्यव्यस्तता,  जानकारीको अभाव,  हतार र बाध्यात्मक खानपान लगायतका कारणले प्रहरीहरूमा थाइराइडको समस्या हुन सक्ने जोखिम धेरै रहन्छ । त्यसैले जनताको सुरक्षार्थ खटिने प्रहरीहरू लाई थाइराइड सम्बन्धी जानकारी दिन तथा रोग लागेको भए उपचार विधिमा सामेल गराउन परीक्षण गरिएको सानो पाइलाका हेल्थ सर्भिसेजका संयोजक डा. राकेश कुमार झा ले बताउनु भएको छ । 

‘ निरन्तर काममा खटिनुपर्दा  प्रहरी कर्मचारीहरूमा आरामको सम्भावना न्यून हुन्छ । थला नै नपर्दा सम्म स्वास्थ्य परीक्षण गराउने वातावरण पनि भइ दिँदैन । जसले गर्दा थाईराईड रोगले च्याप्ने सम्भावना प्रहरीमा धेरै हुन्छ । ’ डा. झाले भने, ‘ त्यसैले रोग जटिल भइ समस्या आउनु अगावै समयमै थाइराइडको परीक्षण र उपचार गर्न जरूरी हुन्छ । ’

पर्सा का प्रहरी उपरिक्षक कुमोध ढुगेंलले प्रहरीहरूको आवश्यकता र अवस्थाबारे चासो राखेर नि: शुल्क थाइराइड परीक्षण गरेकोमा आयोजकहरू प्रति आभार व्यक्त गरेका थिए