वीरगंजमा प्रहरी द्वारा पत्रकार माथि निर्मम दमनः प्रेस स्वतन्त्रता माथि खुला हमला, अहिले तनावको स्थिति श्रृजना-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, ०२ बैशाख । हनुमान जन्मोत्सवको झाँकीमाथि भएको ढुंगामुढापछि उत्पन्न तनाव अझ चुलिँदै जाँदा, त्यस घटनाको समाचार संकलनका लागि पुगेका पत्रकारमाथि प्रहरीले निर्घात लाठी प्रहार गरी पत्रकारिता क्षेत्रमाथि खुला हमला गरेको छ ।

स्थानीय प्रशासनले सोमबार केही हिन्दुवादी युवाहरुलाई नियन्त्रणमा लिएपछि जिल्ला प्रहरी कार्यालय, पर्सामा तनाव सृजना भएको थियो । त्यही विषयमा रिपोर्टिङका लागि पुगेका पत्रकारहरूमाथि मंगलबार प्रहरीले अकल्पनीय दमन गर्‍यो । चन्द्रसूर्य वाणी दैनिकका सम्पादक धिरेन्द्र तिवारी, एभिन्युज टेलिभिजनका पत्रकार अर्जुन गुप्ता लगायत केही सर्वसाधारण प्रहरीको निर्मम लाठी चार्जबाट घाइते भएका छन् ।

सत्य तथ्य उजागर गर्न, जनतासामु साँचो सूचना पु-याउन अग्रपंक्तिमा खटिने पत्रकारहरूमाथि भएको यो दमनले प्रेस स्वतन्त्रता र अभिव्यक्तिको अधिकारमाथि खुला प्रहार भएको छ। यस घटनाले नेपाल प्रहरीको असहिष्णु, निरंकुश र प्रेसविरोधी चरित्र फेरि एकपटक उजागर गरिदिएको छ ।“प्रेस स्वतन्त्रता कुण्ठित पार्ने जुनसुकै गतिविधि र दमनप्रति हाम्रो गम्भीर आपत्ति छ। लोकतान्त्रिक मुल्यमान्यतालाई कुल्चिने प्रहरीका यस्ता कदमहरू क्षम्य हुन सक्दैनन्,” घटनास्थलमा रहेका पत्रकारहरूले आक्रोश पोखेका छन् ।

दुई दिन अघि हनुमान जन्मोत्सवको झाँकीमा भएको ढुंगामुढापछि वीरगंज तनावग्रस्त बनेको थियो। स्थिति नियन्त्रणमा लिन प्रशासनले कर्फ्यू समेत लगाएको थियो। तर शान्ति सुरक्षाको नाममा निर्दोष युवाहरुको गिरफ्तारी र पत्रकारहरूमाथिको लाठीचार्जले प्रशासनको चरित्रप्रति नै गम्भीर प्रश्न उठाएको छ ।यो घटनाको निष्पक्ष छानबिन गरी दोषी प्रहरीमाथि कारबाही हुनुपर्ने आवाज सामाजिक सञ्जालदेखि मानवअधिकारकर्मी र पत्रकार संगठनहरूसम्म फैलिएको छ ।

  • Bishnu Timalsina

    Related Posts

    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २८ असार । नेपाली कांग्रेस वडा नं.२१ को बुथ समिति द्वारा पार्टी प्रवेश कार्यक्रम को आयोजना गरेको छ । उक्त कार्यक्रम मा विभिन्न पार्टी प्रत्याग…

    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    दीपेन्द्र प्रजापति/कालो झोला। वीरगंज, २६, असार । वीरगंज महानगरमा चुलिंदो खानेपानी संकटको गम्भीरतालाई मध्यनजर गर्दै बिहीबार सर्वपक्षीय छलफल सम्पन्न भएको छ । बैठकमा महानगर प्रमुख सिंहले पानीको अभाव भएका क्षेत्रमा…

    पहिलो

    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    • July 12, 2025
    • 131 views
    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    • July 10, 2025
    • 118 views
    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    • July 10, 2025
    • 104 views
    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    • July 10, 2025
    • 117 views
    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-

    • July 8, 2025
    • 127 views
    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-

    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    • July 5, 2025
    • 111 views
    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-