वीरगंजमा प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, २७ फागुन । वीरगंज महानगरपालिकाको फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) मा प्लास्टिक जन्य फोहोर व्यवस्थापनका लागि निर्माण भइरहेको प्रशोधन प्लान्टको काम अन्तिम चरणमा पुगेको छ । महानगर क्षेत्रबाट संकलन हुने प्लास्टिक फोहोरलाई वैज्ञानिक तरिकाले प्रशोधन गरी पुनःप्रयोगमा ल्याउने उद्देश्य सहित उक्त प्लान्ट निर्माण गरिएको हो ।

महानगरपालिकाले फोहोर व्यवस्थापनलाई दिगो, वैज्ञानिक र वातावरण मैत्री बनाउने नीति अनुरूप प्रशोधन केन्द्र भित्र आधुनिक प्लान्ट निर्माण गरिरहेको छ । प्लान्ट सञ्चालनमा आए पछि वीरगंज महानगर भित्र बाट दैनिक संकलन हुने प्लास्टिकजन्य फोहोर छुट्याएर प्रशोधन गरिने र त्यसलाई पुनः प्रयोग गर्न मिल्ने सामग्रीका रूपमा रूपान्तरण गरिनेछ ।

महानगरपालिकाका वन तथा वातावरण शाखा प्रमुख राकेश साहका अनुसार सूर्य नेपाल प्रा.लि.को करिब चार करोड रुपैयाँको लगानीमा उक्त प्लान्ट निर्माण भइरहेको हो । हाल निर्माण अन्तिम चरणमा पुगेको र छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले बताए ।

अहिले निर्माण भइरहेको प्लान्टले दैनिक करिब २० मेट्रिकटन प्लास्टिकजन्य फोहोर प्रशोधन गर्ने क्षमता राख्नेछ । वीरगंज महानगर क्षेत्रमा हाल दैनिक करिब ६०/६५ टन फोहोर संकलन हुँदै आएको छ । संकलित फोहोर मध्ये प्लास्टिकजन्य फोहोरलाई छुट्याएर उक्त प्लान्टमार्फत प्रशोधन गरिने व्यवस्था मिलाइनेछ ।

गत असोज महिनामा वीरगंज महानगरपालिका, जिरो वेस्ट इनिसिएटिभ नेपाल र सूर्य नेपाल प्रा.लि.बीच फोहोर मैला व्यवस्थापन तथा वातावरण संरक्षणसम्बन्धी त्रिपक्षीय सम्झौता भए पछि यो परियोजनाको निर्माण कार्य अघि बढाइएको हो । उक्त सम्झौताअनुसार निजी क्षेत्रको लगानी र सहकार्यमा महानगरको फोहोर व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ ।

प्लान्ट निर्माणको प्रगति बुझ्न महानगर प्रमुख राजेशमान सिंह र सूर्य नेपाल प्रा.लि.का उद्योग प्रमुख सुरेश काजी महर्जनसहितको टोली बुधबार निर्माण स्थल पुगेको थियो । टोलीले निर्माण कार्यको अवस्था, प्राविधिक पक्ष तथा आगामी सञ्चालन प्रक्रियाबारे स्थलगत जानकारी लिएको थियो ।

निर्माण कार्य सम्पन्न भएपछि उक्त प्लान्ट वीरगंज महानगरपालिकालाई हस्तान्तरण गरिने बताइएको छ । त्यसपछि महानगरपालिकाले नै प्लान्ट सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी सम्हाल्नेछ भने प्राविधिक जनशक्ति (टेक्निकल मेनपावर) को व्यवस्थापन जिरो वेस्ट इनिसिएटिभ नेपालले गर्ने छ ।

स्थलगत निरीक्षणका क्रममा महानगर प्रमुख राजेशमान सिंहले वीरगंजलाई फोहोरमुक्त र हरित शहर बनाउने दीर्घकालीन लक्ष्यअनुसार प्लान्ट निर्माण गरिएको बताउनुभयो । उहाँका अनुसार यो परियोजनाले प्लास्टिकजन्य फोहोर व्यवस्थापनमा नयाँ चरणको सुरुवात गर्नेछ ।

उहाँले फोहोरलाई केवल व्यवस्थापन गर्नुपर्ने समस्याको रूपमा मात्र नभई स्रोतका रूपमा उपयोग गर्ने अवधारणातर्फ महानगर अघि बढिरहेको बताउनुभयो । “अब फोहोरलाई समस्या होइन, स्रोतका रूपमा उपयोग गर्ने दिशामा महानगर अघि बढ्दैछ,” उहाँले भन्नुभयो ।

महानगरपालिकाले विगत केही वर्षदेखि फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । शहरका सडक, चोक तथा सार्वजनिक स्थलहरू सफा राख्ने अभियानलाई निरन्तरता दिँदै फोहोर संकलन तथा व्यवस्थापन प्रणालीलाई व्यवस्थित बनाउने प्रयास गरिरहेको छ ।

डम्पिङ साइटमा निर्माण भइरहेको यो प्रशोधन प्लान्ट सञ्चालनमा आएपछि शहरभरिबाट संकलित फोहोरलाई वर्गीकरण गरी प्लास्टिकजन्य फोहोर छुट्याएर प्रशोधन गरिनेछ । प्रशोधनपछि ती सामग्री पुनःप्रयोगयोग्य बनाइने व्यवस्था मिलाइनेछ ।महानगरपालिकाका अनुसार यो परियोजना कार्यान्वयनमा आएपछि यहाँको फोहोर व्यवस्थापन प्रणालीमा महत्वपूर्ण सुधार आउनेछ ।

साथै प्लास्टिकजन्य फोहोर नियन्त्रणमा प्रभावकारीता बढ्ने र वातावरण संरक्षणमा दीर्घकालीन योगदान पुग्ने अपेक्षा गरिएको छ ।सूर्य नेपाल प्रा.लि.का उद्योग प्रमुख सुरेश काजी महर्जनले सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले उक्त परियोजनामा लगानी गरेको बताउनुभयो । उहाँका अनुसार उद्योगले नाफामुखी व्यापारसँगै समाज र वातावरणप्रति उत्तरदायी रहने प्रतिबद्धताका साथ यो परियोजनामा सहकार्य गरेको हो ।

  • Bishnu Timalsina

    Related Posts

    बालेन सरकारको परराष्ट्र नीति: सैन्य गठबन्धनमा सहभागी नहुने, नेपाल प्रथमको अवधारणा आत्मसाथ गरिने

    काठमाडौं । बालेन शाह नेतृत्वको सरकारले कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने स्पष्ट गरेको छ ।  सरकारले सार्बजनिक गरेको राष्ट्रिय प्रतिबद्धता पत्रमा हातहतियारको प्रतिस्पर्धाबाट टाढा रहने र परराष्ट्र नीतिमा सन्तुलित…

    बागमती प्रदेशमाथि लुम्बिनी ३४ रनले विजयी

    काठमाडौं । लुम्बिनी प्रदेशले जारी पीएम कप अन्तर्गत बागमती प्रदेशलाई पराजित गरेको छ । मंगलबार सम्पन्न खेलमा लुम्बिनीले बागमती प्रदेशलाई ३४ रनले पराजित गरेको हो । लुम्बिनीले दिएको २३४ रनको…

    पहिलो

    काँग्रेसको अनुशासन समितिको बैठक बस्दै, खडकालाई कारवाही गर्नसक्ने !

    • April 15, 2026
    • 9 views
    काँग्रेसको अनुशासन समितिको बैठक बस्दै, खडकालाई कारवाही गर्नसक्ने !

    बिहारमा नितिश युगको अन्त्य, बिजेपीका सम्राट चौधरी नयाँ मुख्यमन्त्री बन्दै

    • April 14, 2026
    • 27 views
    बिहारमा नितिश युगको अन्त्य, बिजेपीका सम्राट चौधरी नयाँ मुख्यमन्त्री बन्दै

    बालेन सरकारको परराष्ट्र नीति: सैन्य गठबन्धनमा सहभागी नहुने, नेपाल प्रथमको अवधारणा आत्मसाथ गरिने

    • April 14, 2026
    • 28 views
    बालेन सरकारको परराष्ट्र नीति: सैन्य गठबन्धनमा सहभागी नहुने, नेपाल प्रथमको अवधारणा आत्मसाथ गरिने

    बागमती प्रदेशमाथि लुम्बिनी ३४ रनले विजयी

    • April 14, 2026
    • 28 views
    बागमती प्रदेशमाथि लुम्बिनी ३४ रनले विजयी

    अण्डाको मूल्यमा वृद्धि

    • April 14, 2026
    • 29 views

    सरकारले माग्यो ‘राष्ट्रिय प्रतिबद्धता’ मा राजनीतिक दलहरुको सुझाव

    • April 14, 2026
    • 28 views
    सरकारले माग्यो ‘राष्ट्रिय प्रतिबद्धता’ मा राजनीतिक दलहरुको सुझाव