वीरगंज महानगरमा वेरुजु घट्दै : जनप्रतिनिधिको सक्रियता देखिँदै-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगन्ज, १२ जेष्ठ । वीरगन्ज महानगरपालिकाले विगत दुई आर्थिक वर्ष यता बेरुजु रकमको परिमाण वर्षेनी घटाउँदै लगेको छ । महानगरको मेयर राजेशमान सिंह निर्वाचित भए यताको हरेक आर्थिक वर्षमा महानगरपालिकाको बेरुजु रकमको परिमाण घट्दै गएको छ ।

महानगरको मेयरमा सिंह निर्वाचित हुनु अघिको आर्थिक वर्ष २०७८/७९ मा वीरगन्ज महानगरको बेरुजु रकम कूल ६७ करोड ७८ लाख १० हजार रुपैयाँ थियो । तर त्यसयताको हरेक आर्थिक वर्षमा महानगरको बेरुजु रकम घट्दै गएर आर्थिक वर्ष २०८०/०८१ सम्म आइपुग्दा कूल बेरुजु रकम २२ करोड ७५ लाख २३ हजार रुपैयाँमा झरेको छ ।

आर्थिक वर्ष २०७८/७९ मा वीरगन्ज महानगरको बेरुजु रकम ६७ करोड ७८ लाख १० हजार रुपैयाँ रहेकोमा त्यसमा पेश्की बेरुजु रकम मात्रै ८ करोड ७६ लाख २८ हजार रुपैयाँ,असुल गर्नुपर्ने बेरुजु रकम २४ करोड ९ लाख ७० हजार रुपैयाँ,नियमित गर्नुपर्ने बेरुजु रकम १२ करोड ३८ लाख ५४ हजार रुपैयाँ र प्रमाण पेश गर्नुपर्ने बेरुजु रकम २२ करोड ५३ लाख ५८ हजार रुपैयाँ थियो ।मेयर सिंहको कार्याकालको पहिलो आर्थिक वर्ष २०७९/८० मा भने वीरगन्ज महानगरको बेरुजु रकम ५० करोड ९१ लाख ५० हजार रुपैयाँमा झर्यो ।जसमा पेश्की बेरुजु रकमपनि अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै ८ करोडले घटेर ७८ लाख ८१ हजार रुपैयाँ मात्रै देखियो ।

यस्तै असुल गर्नुपर्ने बेरुजु रकम १३ करोड ९५ लाख ९७ हजार रुपैयाँ,नियमित गर्नुपर्ने बेरुजु रकम ६ करोड ४५ लाख ३२ हजार रुपैयाँ र प्रमाण पेश गर्नुपर्ने बेरुजु रकम २९ करोड ७१ लाख ४० हजार रुपैयाँ थियो । गत आर्थिक वर्ष २०८०/८१ मा भने वीरगन्ज महानगरको कूल बेरुजु रकम २२ करोड ७५ लाख ३३ हजार रुपैयाँ मात्रै देखिएको महालेखापरीक्षकको कार्यालयले २ जेठमा सार्वजनिक गरेको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८०/८१) मा उल्लेख छ ।जसमा पेश्की बेरुजु रकम ५१ लाख ५० हजार रुपैयाँ मात्रै छ । यस्तै असुल गर्नुपर्ने बेरुजु रकम ३ करोड ४८ लाख ५७ हजार रुपैयाँ,नियमित गर्नुपर्ने बेरुजु रकम १२ करोड २९ लाख ९१ हजार रुपैयाँ र प्रमाण पेश गर्नुपर्ने बेरुजु रकम ६ करोड ४५ लाख ३५ हजार रुपैयाँ देखिएको छ ।

गत आर्थिक वर्ष २०८०/८१ मा वीरगन्ज महानगरपालिकामा महालेखाले ६ अर्ब २८ करोड १६ लाख ५१ हजार रुपैयाँ बराबरको लेखापरीक्षण गरेकोमा भेटिएको बेरुजु रकम लेखापरीक्षण भएको रकमको ३.६२ प्रतिशत मात्रै हो ।गत आर्थिक वर्ष २०८०/८१ मा वीरगन्ज महानगरले संघीय तथा प्रदेश अनुदान, राजस्व बाँडफाँट, आन्तरिक आय, अन्य आय र कोष समेत गरी ३ अर्ब १२ करोड २६ हजार रुपैयाँ आम्दानी गरेको थियो । चालु, पुँजीगत र अन्य गरी ३ अर्ब १६ करोड १६ लाख २५ हजार रुपैयाँ खर्च गरेको थियो ।

कानुन बमोजिम रित नपु¥याइ कारोबार गरेको, बेमुनासिब वा हिनामिना देखिएको भनी लेखापरीक्षकले कैफियत जनाएको रकमलाई बेरुजु भनिन्छ । वीरगन्ज महानगरपालिकाका आन्तरिक लेखा परीक्षक हरिशंकर कुर्मीले वीरगन्ज महानगरपालिकाले विगत दुई आर्थिक वर्षयता बेरुजु रकम घटाउँदै लगेको बताए । महानगरको खर्च प्रकृयामा सुधार आउँदै गएका कारणले बेरुजु रकमको परिमाण घट्दै गएको उनले बताए ।

साथै महानगरका अहिलेका जनप्रतिनिधिका तर्फबाट अनुचित दबाब नहुने गरेको र कर्मचारीले पनि सबै प्रकृया पुरा गरेर काम गर्दै आएका कारणलेपनि बेरुजु रकम घट्दै गएको उनले मधेसखबरलाई बताए । कुर्मीले भने,‘ अहिलेका जनप्रतिनिधि हरुबाट कर्मचारीलाई कुनै अनुचित दबाब छैन । बरु उहाँहरुले त नियमसंगत र बेरुजु रकम सकेसम्म कम हुने गरी काम गर्नुस् भनेर निर्देशन दिदैं आउनु भएको छ ।

’वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले पनि भुक्तानी लगायतका काममा आँफुले कर्मचारीलाई कुनै दबाब नदिने गरेको बताए ।कानुन, नियम र प्रकृयाले मिल्ने काममात्रै गर्न कर्मचारीहरुलाई आँफुले प्रोत्साहित गर्दै आएको उनले बताए । सिंहले भने,‘ बेरुजु रकम कसरी कम हुन्छ ? नियमको दायारामा रहेर पहिलेका बेरुजु कसरी फर्छौट गर्न सकिन्छ ? यी सबै कुरालाई ध्यानमा राखेर काम गर्न निर्देशन दिदैं आएको छु ।’

  • Bishnu Timalsina

    Related Posts

    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन

    काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले राजस्व छलीको आशंकामा विभिन्न स्थानबाट नियन्त्रणमा लिएका ७७९ वटा विद्युतीय सवारीसाधनका सम्बन्धमा विस्तृत छानबिन गर्न सरकारले एक समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को…

    कोल्हवी नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय ६६ बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

    दीपेन्द्र प्रजापति/कालो झोला । बारा, २१ जेठ । कोल्हवी नगरपालिका, बाराको आयोजनामा तथा नेशनल मेडिकल कलेज, वीरगञ्जको क्लिनिकल सहयोगमा कोल्हवी प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ…

    पहिलो

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    • June 5, 2026
    • 35 views
    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन  खिलराज रेग्मीको सुझाव

    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    • June 5, 2026
    • 26 views
    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    • June 5, 2026
    • 30 views
    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ

    • June 5, 2026
    • 29 views
    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ

    इराकमार्फत इरानले ब्यापार गर्दै

    • June 5, 2026
    • 31 views
    इराकमार्फत इरानले ब्यापार गर्दै

    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन

    • June 5, 2026
    • 29 views
    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन