वीरगंज महानगर प्रहरी द्वारा आदर्शनगर रंगशालामा वृक्षारोपण-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, ३१ जेठ । वीरगंजको आदर्शनगर रंगशालामा आज वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले रंगशालाको चारै किनारामा वृक्षारोपण गरिएको हो ।

कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वीरगंजलाई स्वच्छ, सफा र हरियाली शहर बनाउने अभियानलाई यो गतिविधिले थप टेवा पुर्‍याउने बताउनु भएको छ । उहाँले यस्ता कार्यक्रमले वातावरण संरक्षण सँगै नगरको सौन्दर्य वृद्धिमा पनि योगदान पुर्‍याउने धारणा व्यक्त गर्नु भयो ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले वृक्षारोपण वातावरण संरक्षणको अभिन्न अंग भएको उल्लेख गर्दै नगरबासीलाई हरियाली अभियानमा सहभागी हुन आह्वान गर्नुभयो ।

वीरगंज महानगर प्रहरीको आयोजना र ग्रिनसिटी सामुदायिकको सहकार्यमा वृक्षारोपण गरिएको हो ।

कार्यक्रममा नगर प्रहरी इन्चार्ज हरि भुषाल, ग्रिन सिटी सामुदायिकका जयप्रकाश खेतान, समाजसेवी भोला कलवार लगायतको उपस्थिति रहेको थियो ।वृक्षारोपण अभियान अन्तर्गत विभिन्न प्रजातिका विरुवा रोपिएको र त्यसको संरक्षण र सम्वर्द्धन महानगरपालिकाले गर्ने छ ।

  • Bishnu Timalsina

    Related Posts

    वीरगन्ज महानगरको आ.ब. २०८२/०८३ का लागि ३ अर्ब २२ करोड बजेट बिनियोजन-

    दीपेन्द्र प्रजापति / कालो झोला । वीरगन्ज, ०९ असार । बीरगंज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको अनुमानित बजेट ल्याएको…

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०७ असार । ११औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा, भारतको महावाणिज्य दूतावास, बीरगंज (नेपाल) द्वारा २१ जुन २०२५ मा नेपालको प्रवेश द्वार पर्सा जिल्लाको बीरगंज…

    पहिलो

    वीरगन्ज महानगरको आ.ब. २०८२/०८३ का लागि ३ अर्ब २२ करोड बजेट बिनियोजन-

    • June 23, 2025
    • 36 views
    वीरगन्ज महानगरको आ.ब. २०८२/०८३ का लागि ३ अर्ब २२ करोड बजेट बिनियोजन-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    • June 21, 2025
    • 49 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    • June 20, 2025
    • 116 views
    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    • June 16, 2025
    • 156 views
    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    • June 16, 2025
    • 95 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-

    • June 16, 2025
    • 142 views
    प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-