वीरगंज महानगर प्रहरी द्वारा आदर्शनगर रंगशालामा वृक्षारोपण-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, ३१ जेठ । वीरगंजको आदर्शनगर रंगशालामा आज वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले रंगशालाको चारै किनारामा वृक्षारोपण गरिएको हो ।

कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वीरगंजलाई स्वच्छ, सफा र हरियाली शहर बनाउने अभियानलाई यो गतिविधिले थप टेवा पुर्‍याउने बताउनु भएको छ । उहाँले यस्ता कार्यक्रमले वातावरण संरक्षण सँगै नगरको सौन्दर्य वृद्धिमा पनि योगदान पुर्‍याउने धारणा व्यक्त गर्नु भयो ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले वृक्षारोपण वातावरण संरक्षणको अभिन्न अंग भएको उल्लेख गर्दै नगरबासीलाई हरियाली अभियानमा सहभागी हुन आह्वान गर्नुभयो ।

वीरगंज महानगर प्रहरीको आयोजना र ग्रिनसिटी सामुदायिकको सहकार्यमा वृक्षारोपण गरिएको हो ।

कार्यक्रममा नगर प्रहरी इन्चार्ज हरि भुषाल, ग्रिन सिटी सामुदायिकका जयप्रकाश खेतान, समाजसेवी भोला कलवार लगायतको उपस्थिति रहेको थियो ।वृक्षारोपण अभियान अन्तर्गत विभिन्न प्रजातिका विरुवा रोपिएको र त्यसको संरक्षण र सम्वर्द्धन महानगरपालिकाले गर्ने छ ।

  • Bishnu Timalsina

    Related Posts

    विधुतीय अपराध सम्बन्धि कसूरमा पर्सा बाट दुर्गा प्रसाईं पक्राउ-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०६ जेष्ठ । जिल्ला प्रहरी कार्यालय, पर्सा तथा मातहतका वडा प्रहरी कार्यालय, बिर्ता द्वारा खटिएको संयुक्त प्रहरी टोलीले सोमबार राति करिब ०८:०० बजेको समयमा वीरगञ्ज…

    पर्सामा बोक्सी आरोप कसूर गर्ने तीन जना महिलाहरु पक्राउ-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०५ जेष्ठ । जिल्ला प्रहरी कार्यालय, पर्सा ले बोक्सीको आरोप कसूरमा तीन जना महिलाहरुलाई आफ्नो नियन्त्रणमा लिएको छ । गत २०८२ साल फागुन २७ गते…

    पहिलो

    विधुतीय अपराध सम्बन्धि कसूरमा पर्सा बाट दुर्गा प्रसाईं पक्राउ-

    • May 19, 2026
    • 52 views
    विधुतीय अपराध सम्बन्धि कसूरमा पर्सा बाट दुर्गा प्रसाईं पक्राउ-

    पर्सामा बोक्सी आरोप कसूर गर्ने तीन जना महिलाहरु पक्राउ-

    • May 19, 2026
    • 46 views
    पर्सामा बोक्सी आरोप कसूर गर्ने तीन जना महिलाहरु पक्राउ-

    कक्षा १२ को परीक्षाको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • May 19, 2026
    • 28 views
    कक्षा १२ को परीक्षाको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    इरानमाथिको आक्रमण तत्कालका लागि रोकिएको ट्रम्पको घोषणा

    • May 19, 2026
    • 18 views
    इरानमाथिको आक्रमण तत्कालका लागि रोकिएको ट्रम्पको घोषणा

    आजको मौसम पूर्वानुमान

    • May 19, 2026
    • 25 views
    आजको मौसम पूर्वानुमान

    आजको राशिफल

    • May 19, 2026
    • 19 views
    आजको राशिफल