वीरगञ्जका मसाज तथा स्पा सेन्टरको अनुगमन सुरु-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगञ्ज, १९ वैशाख । वीरगञ्ज महानगरपालिका ले नगरभित्र सञ्चालनमा रहेका मसाज तथा स्पा सेन्टरहरूको अनुगमन सुरु गरेको छ । मसाज सेन्टरको नाममा अवाञ्छित गतिविधि भइरहेको भन्ने गुनासो बढेपछि महानगरले मंगलबार देखि अभियान अघि बढाएको हो ।

नगर प्रहरी इन्चार्ज हरि भुषाल का अनुसार भन्सार क्षेत्रबाट सुरु गरिएको अनुगमन महानगरका सबै ३२ वडामा विस्तार गरिनेछ । अनुगमनका लागि नेपाल प्रहरी सँगको समन्वयमा नगर प्रहरी परिचालन गरिएको छ ।

अनुगमन टोलीले सञ्चालक तथा कर्मचारीको विवरण, नाबालिका प्रयोग भए/नभएको लगायतका विषयमा जाँच गरिरहेको छ । साथै, सञ्चालन अनुमति, दर्ता, कर भुक्तानीको अवस्था, सेवा सञ्चालनको प्रकृति तथा आचारसंहिताको पालना भए/नभएको विषयमा विशेष ध्यान दिइएको नगर प्रहरी इन्चार्ज भुषालले जानकारी दिनु भयो ।

नाबालिका प्रयोग गरिएको पाइएमा कडा कारबाही गरिने चेतावनी दिइएको छ । हालसम्म अनुगमन गरिएका दुई स्पा सेन्टरमा नाबालिका प्रयोग भएको भेटिएको छ ।

अहिलेसम्म करिब एक दर्जनभन्दा बढी मसाज तथा स्पा सेन्टरहरूको स्थलगत अनुगमन सम्पन्न भइसकेको पनि भुषालले जानकारी दिनुभयो । प्रारम्भिक अनुगमनका क्रममा केही स्थानमा आवश्यक कागजात अपूर्ण रहेको तथा सञ्चालन प्रक्रिया मापदण्डअनुसार नभएको पाइएको छ ।

मापदण्ड नपुर्‍याउने तथा गैरकानुनी गतिविधिमा संलग्न व्यवसायमाथि कानुनबमोजिम कारबाही गरिने महानगरले चेतावनी दिएको छ । महानगरले आगामी दिनमा पनि यस्ता अनुगमनलाई निरन्तरता दिँदै व्यवसायलाई व्यवस्थित, पारदर्शी र मर्यादित बनाउन पहल गर्ने जनाएको छ ।

साथै, नागरिकलाई शंकास्पद गतिविधिबारे जानकारी गराउन पनि आग्रह गरिएको छ ।

  • Bishnu Timalsina

    Related Posts

    ओरिएन्टल सहकारीका २८४ ऋणीको तिनपुस्ते सहितको

    काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले ओरेण्टल सहकारीका ऋणीहरूको तीन पुस्ते सहित नामावली सार्वजनिक गरेको छ ।  कार्यालयले समस्याग्रस्त ओरेण्टल को-अपरेटिभका…

    FPA अध्यक्ष इयान्स विलियम्स र SJF अध्यक्ष राजु लामा बीच सम्भावित सहकार्यको बारेमा छलफल-

    न्यूयोर्क, वैशाख । दुई मिडिया संस्थाहरू बीच सम्भावित सहकार्य र सम्बन्धलाई सुदृढ पार्न छलफल गर्न विदेशी प्रेस संघ (FPA) का अध्यक्ष इयान्स विलियम्स र सार्क पत्रकार मञ्च (SJF) का अध्यक्ष…

    पहिलो

    दिनभरका प्रमुख २० समाचार

    • May 15, 2026
    • 3 views
    दिनभरका प्रमुख २० समाचार

    जापानको मियागी क्षेत्रमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

    • May 15, 2026
    • 21 views

    आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक अनुदान ५६.६७ प्रतिशत प्राप्त

    • May 15, 2026
    • 27 views
    आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक अनुदान ५६.६७ प्रतिशत  प्राप्त

     ऊर्जा परियोजनामा निर्धारित समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन

    • May 15, 2026
    • 27 views
     ऊर्जा परियोजनामा निर्धारित समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन

    महालेखाको निष्कर्ष: वित्तीय अनुशासन र जवाफदेहिता नहुदा बेरुजु बढ्यो

    • May 15, 2026
    • 30 views
    महालेखाको निष्कर्ष: वित्तीय अनुशासन र जवाफदेहिता नहुदा बेरुजु बढ्यो

    अलग भइन् मौनी रोय

    • May 15, 2026
    • 28 views
    अलग भइन्  मौनी रोय