वेल्वामा व्यक्तिले कब्जा गरेको दुई विघा सार्वजनिक जग्गा महानगरले ल्यायो आफ्नो अधिनमा-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, १८ फागुन । वीरगंज महानगरपालिका वडा नं. ३१, वेल्वामा व्यक्तिले कब्जा गरेको दुई विघा सार्वजनिक जग्गा महानगरपालिकाले आफ्नो अधिनमा ल्याएको छ ।

महानगरको अतिक्रमण नियन्त्रण समितिले आइतबार नापजाँच गरेर अतिक्रमित जग्गा आफ्नो अधिनमा ल्याएको हो । उच्च अदालत वीरगंजमा परेको रिटमा महानगरको पक्षमा फैसला आए सँगै व्यक्तिले कब्जा गरि दुरुपयोग गरेको सार्वजनिक जग्गा आफ्नो अधिनमा ल्याउने बाटो खुलेको हो ।

सार्वजनिक जग्गा व्यक्तिगत प्रयोजनमा प्रयोग हुनु हुँदैन भन्दै स्थानीय हसमुदिन अंसारीले नैमुद्दिन अंसारी र बसरुद्दिन अंसारी विरुद्ध जाहेरी दिएका थिए । अदालतका न्यायाधीश द्वय मोहन राज भट्टराई र हरि प्रसाद पौडेलको संयुक्त इजलासले सार्वजनिक जग्गा कसैको कब्जामा हुन नहुने भन्दै सार्बजनिक प्रयोजनमा ल्याउन आदेश दिएका थिए ।

सोही बमोजिम महानगरपालिकाले आइतबार सर्वेक्षक सहितको टोली लगेर सार्बजनिक जग्गा छुट्याउँदै व्यक्तिको कब्जा बाट मुक्त गराएको हो । महानर प्रमुख राजेशमान सिंहले सार्वजनिक जग्गा व्यक्तिगत प्रयोजनमा दुरुपयोग हुन नदिने अभियान नै चलाउनु भएको छ ।

महानगर प्रमुखका सचिवालय सल्लाहकार हरि पोखरेलको नेतृत्वमा गएको टोलीले नाप नक्सा गरि किला खुट्टा गाडेर ब्यक्तिको कब्जा बाट मुक्त गराएको वडा नं. ३१ का वडाध्यक्ष जितेन्द्र प्रसाद यादबले जानकारी दिनुभयो ।

  • Bishnu Timalsina

    Related Posts

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २७ जेठ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बुधबार बिहान करिब ०७:०० बजेको समयमा पर्सा जिल्लाको बिन्दबासिनी…

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, २५ जेठ । नेशनल मेडिकल कलेज प्रा.लि., वीरगञ्ज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश, परवानीपुरबीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 62 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 109 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 41 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 64 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 46 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 48 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल