वेल्वामा व्यक्तिले कब्जा गरेको दुई विघा सार्वजनिक जग्गा महानगरले ल्यायो आफ्नो अधिनमा-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, १८ फागुन । वीरगंज महानगरपालिका वडा नं. ३१, वेल्वामा व्यक्तिले कब्जा गरेको दुई विघा सार्वजनिक जग्गा महानगरपालिकाले आफ्नो अधिनमा ल्याएको छ ।

महानगरको अतिक्रमण नियन्त्रण समितिले आइतबार नापजाँच गरेर अतिक्रमित जग्गा आफ्नो अधिनमा ल्याएको हो । उच्च अदालत वीरगंजमा परेको रिटमा महानगरको पक्षमा फैसला आए सँगै व्यक्तिले कब्जा गरि दुरुपयोग गरेको सार्वजनिक जग्गा आफ्नो अधिनमा ल्याउने बाटो खुलेको हो ।

सार्वजनिक जग्गा व्यक्तिगत प्रयोजनमा प्रयोग हुनु हुँदैन भन्दै स्थानीय हसमुदिन अंसारीले नैमुद्दिन अंसारी र बसरुद्दिन अंसारी विरुद्ध जाहेरी दिएका थिए । अदालतका न्यायाधीश द्वय मोहन राज भट्टराई र हरि प्रसाद पौडेलको संयुक्त इजलासले सार्वजनिक जग्गा कसैको कब्जामा हुन नहुने भन्दै सार्बजनिक प्रयोजनमा ल्याउन आदेश दिएका थिए ।

सोही बमोजिम महानगरपालिकाले आइतबार सर्वेक्षक सहितको टोली लगेर सार्बजनिक जग्गा छुट्याउँदै व्यक्तिको कब्जा बाट मुक्त गराएको हो । महानर प्रमुख राजेशमान सिंहले सार्वजनिक जग्गा व्यक्तिगत प्रयोजनमा दुरुपयोग हुन नदिने अभियान नै चलाउनु भएको छ ।

महानगर प्रमुखका सचिवालय सल्लाहकार हरि पोखरेलको नेतृत्वमा गएको टोलीले नाप नक्सा गरि किला खुट्टा गाडेर ब्यक्तिको कब्जा बाट मुक्त गराएको वडा नं. ३१ का वडाध्यक्ष जितेन्द्र प्रसाद यादबले जानकारी दिनुभयो ।

  • Bishnu Timalsina

    Related Posts

    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २८ असार । नेपाली कांग्रेस वडा नं.२१ को बुथ समिति द्वारा पार्टी प्रवेश कार्यक्रम को आयोजना गरेको छ । उक्त कार्यक्रम मा विभिन्न पार्टी प्रत्याग…

    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    दीपेन्द्र प्रजापति/कालो झोला। वीरगंज, २६, असार । वीरगंज महानगरमा चुलिंदो खानेपानी संकटको गम्भीरतालाई मध्यनजर गर्दै बिहीबार सर्वपक्षीय छलफल सम्पन्न भएको छ । बैठकमा महानगर प्रमुख सिंहले पानीको अभाव भएका क्षेत्रमा…

    पहिलो

    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    • July 12, 2025
    • 131 views
    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    • July 10, 2025
    • 118 views
    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    • July 10, 2025
    • 104 views
    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    • July 10, 2025
    • 117 views
    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-

    • July 8, 2025
    • 127 views
    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-

    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    • July 5, 2025
    • 111 views
    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-