वेस्टह्याम युनाइटेडसँग म्यानचेस्टर युनाइटेड पराजित

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्टह्याम युनाइटेडसँग म्यानचेस्टर युनाइटेड पराजित भएको छ ।

आइतबार राति भएको खेलमा वेस्टह्यामले युनाइटेडलाई २-१ गोल अन्तरले पराजित गर्दै ३ अंक लिन सफल भएको हो ।

खेलको अन्तिम समयमा विवादास्पद पेनाल्टीको कारण युनाइटेडको हार भएको हो। पहिलो हाफमै धेरै अवसर गुमाएको युनाइटेडले वेस्ट ह्यामका जारोड बोवेनको पेनाल्टी गोलले हार बेहोर्नुपरेको थियो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ७४ औं मिनेटमा घरेलु टोली वेस्टह्यामका क्रिसेन्सियो सुमरभिलले डेनियल इंग्सको पासमा गोल गर्दै अग्रता दिलाए ।

८१ औं मिनेटमा जोसुवाको पासमा कासेमिरोले गोल गरेपछि मेनचेस्टर युनाइटेड खेलमा फर्किएको थियो । तर, दोस्रो हाफको इन्ज्योरी टाइममा वेस्टह्यामले पेनाल्टी पाएको थियो ।

भारको सहायताले पाएको पेनाल्टीमा जारोडले गोल गर्दै वेस्टह्यामलाई २-१ को जीत दिलाए । जीतपछि वेस्टह्याम र म्यानचेस्टर दुवैको समान ११ अंक भएको छ भने १३ औ र १४ औं स्थानमा रहेका छन् ।

  • Related Posts

    पशुपति क्षेत्रमा ट्राफिक सुरक्षा योजना तयार, यी स्थानमा हुनेछ पार्किङ सुविधा

    काठमाडौँ । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा हुने भिडभाडलाई सुरक्षित एवं व्यवस्थित गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरक्षा योजना तयार पारेको छ ।  काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पशुपति…

    एमसीसी रोक्ने निर्णय

    ७ फागुन, काठमाडौं । अमेरिकी सरकारले एमसिसीको अनुदान रोक्ने निर्णय गर्दैगर्दा यता नेपालमा १० कम्पनीले प्रसारण लाइन परियोजना निर्माणका लागि बोलपत्र पेस गरेका छन् । अमेरिकी सहायता नियोग मिलेनियम च्यालेञ्ज…

    पहिलो

    प्रस्तावित सीमा सुरक्षा गुल्म, अलौ द्वारा लाखौं मूल्य बराबरको विभिन्न किसिमका कपडाहरू भन्सार चलान-

    • May 13, 2025
    • 10 views
    प्रस्तावित सीमा सुरक्षा गुल्म, अलौ द्वारा लाखौं मूल्य बराबरको विभिन्न किसिमका कपडाहरू भन्सार चलान-

    वीरगंजमा अव्यवस्थित सवारी तथा संरचनाविरुद्ध महानगरको कडाइ : बेवारिसे साधन हटाउने अभियान तीव्र

    • May 12, 2025
    • 22 views
    वीरगंजमा अव्यवस्थित सवारी तथा संरचनाविरुद्ध महानगरको कडाइ : बेवारिसे साधन हटाउने अभियान तीव्र

    सहकारी सशक्तीकरणका लागि एक दिने कार्यशाला सम्पन्न-

    • May 10, 2025
    • 33 views
    सहकारी सशक्तीकरणका लागि एक दिने कार्यशाला सम्पन्न-

    महानगर र घरधनी बीच समझदारी: बहाल कर अब सम्पत्ति मालिक कै जिम्मेवारी-बहाल कर तिर्न घरधनीहरू नमाने, सेवा कटौति सहित मेयर सिंह द्वारा कारबाहीको चेतावनी-

    • May 8, 2025
    • 49 views
    महानगर र घरधनी बीच समझदारी: बहाल कर अब सम्पत्ति मालिक कै जिम्मेवारी-बहाल कर तिर्न घरधनीहरू नमाने, सेवा कटौति सहित मेयर सिंह द्वारा कारबाहीको चेतावनी-

    नयाँ बसपार्कमा जथाभावी पार्किङ अन्त्य गर्न महानगरको कडाई-

    • May 7, 2025
    • 36 views
    नयाँ बसपार्कमा जथाभावी पार्किङ अन्त्य गर्न महानगरको कडाई-

    वीरगंजमा होटल व्यवसायी र महानगर बीच छलफल : व्यवसाय दर्ता, कर प्रणाली र पर्यटकीय गतिविधि प्रवर्द्धनमा सहकार्यको प्रतिबद्धता-

    • May 7, 2025
    • 37 views
    वीरगंजमा होटल व्यवसायी र महानगर बीच छलफल : व्यवसाय दर्ता, कर प्रणाली र पर्यटकीय गतिविधि प्रवर्द्धनमा सहकार्यको प्रतिबद्धता-