वेस्टह्याम युनाइटेडसँग म्यानचेस्टर युनाइटेड पराजित

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्टह्याम युनाइटेडसँग म्यानचेस्टर युनाइटेड पराजित भएको छ ।

आइतबार राति भएको खेलमा वेस्टह्यामले युनाइटेडलाई २-१ गोल अन्तरले पराजित गर्दै ३ अंक लिन सफल भएको हो ।

खेलको अन्तिम समयमा विवादास्पद पेनाल्टीको कारण युनाइटेडको हार भएको हो। पहिलो हाफमै धेरै अवसर गुमाएको युनाइटेडले वेस्ट ह्यामका जारोड बोवेनको पेनाल्टी गोलले हार बेहोर्नुपरेको थियो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ७४ औं मिनेटमा घरेलु टोली वेस्टह्यामका क्रिसेन्सियो सुमरभिलले डेनियल इंग्सको पासमा गोल गर्दै अग्रता दिलाए ।

८१ औं मिनेटमा जोसुवाको पासमा कासेमिरोले गोल गरेपछि मेनचेस्टर युनाइटेड खेलमा फर्किएको थियो । तर, दोस्रो हाफको इन्ज्योरी टाइममा वेस्टह्यामले पेनाल्टी पाएको थियो ।

भारको सहायताले पाएको पेनाल्टीमा जारोडले गोल गर्दै वेस्टह्यामलाई २-१ को जीत दिलाए । जीतपछि वेस्टह्याम र म्यानचेस्टर दुवैको समान ११ अंक भएको छ भने १३ औ र १४ औं स्थानमा रहेका छन् ।

  • Related Posts

    इरानमाथिको आक्रमण तत्कालका लागि रोकिएको ट्रम्पको घोषणा

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको सैन्य आक्रमण तत्कालका लागि स्थगित गरिएको बताएका छन् ।  उनले कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सका नेताहरूको आग्रहपछि आक्रमण केही…

    ओपन एआईसँगको कानुनी विवादमा मस्कलाई झट्का

    काठमाडौँ । विश्वकै चर्चित प्रविधि उद्यमी एलन मस्कलाई अमेरिकी संघीय अदालतबाट ठूलो झट्का लागेको छ । क्यालिफोर्नियाको ओकल्यान्डस्थित संघीय अदालतले मस्कले कृत्रिम बौद्धिकता कम्पनी ओपन एआई र उसका शीर्ष अधिकारीविरुद्ध…

    पहिलो

    पूर्व न्यायाधीशको निधनपछि आज सर्वोच्चको इजलास नबस्ने

    • May 21, 2026
    • 22 views
    पूर्व न्यायाधीशको निधनपछि आज सर्वोच्चको इजलास नबस्ने

    विगो भरि भराउ मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ-

    • May 20, 2026
    • 36 views

    नेपालको मधेश प्रदेशको सप्तरी जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) को उद्घाटन-

    • May 20, 2026
    • 44 views
    नेपालको मधेश प्रदेशको सप्तरी जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) को उद्घाटन-

    मोटर साईकल चोरीमा संलग्न एक व्यक्ति पक्राउ-

    • May 20, 2026
    • 35 views
    मोटर साईकल चोरीमा संलग्न एक व्यक्ति पक्राउ-

    सशस्त्र प्रहरी बल द्वारा जल उत्पन्न विपद् उद्धार सम्बन्धी सेमुलेशन अभ्यास सम्पन्न-

    • May 20, 2026
    • 52 views
    सशस्त्र प्रहरी बल द्वारा जल उत्पन्न विपद् उद्धार सम्बन्धी सेमुलेशन अभ्यास सम्पन्न-

    विधुतीय अपराध सम्बन्धि कसूरमा पर्सा बाट दुर्गा प्रसाईं पक्राउ-

    • May 19, 2026
    • 83 views
    विधुतीय अपराध सम्बन्धि कसूरमा पर्सा बाट दुर्गा प्रसाईं पक्राउ-