दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, २० बैशाख । हालै सम्पन भएको नेपाल उधोग वाणिज्य महासंघ को चुनाव मा कार्यकारिणी समिति सद्स्य मा बिजय भएका उधोग वाणिज्य संघ बिरगंज का पुर्व अध्यक्ष डा. सुबोध गुप्ता नेपाल उधोग वाणिज्य महासंघ को ब्यापार समिती को सभापति मा मनोनित भएका छन ।

महासंघको यहीं वैशाख ०३ गते बसेको पहिलो कार्यकारिणी समितिको बैठकले अध्यक्षलाई अख्तियारी प्रदान गरे अनुसार विधानको दफा ३८ (ग) बमोजिम डा. गुप्ता लाई व्यापार समतिको सभापतिमा मनोनयन गरिएको छ । महासंघको छवि तथा प्रतिष्ठालाई अझ वढी शशक्त रूपमा अगाडी वढाउन गठित समितिले जिम्मेवारी पूर्वक कार्य गर्नु भई महासंघलाई महत्वपूर्ण योगदान गर्नु हुनेमा विश्वस्त सहित महासघं का अध्यक्ष चन्द्र प्रसाद ढकाल मनोनयन पत्र डा. सुबोध गुप्ता लाई दिएका छ्न ।