काठमाडौँ, वैशाख २६ । मैजुकुमारी सार्वजनिक सम्पत्ति संरक्षण तथा विकास समाजले टोलबासीहरुबीच भाइचारा सम्बन्ध स्थापित गर्ने उद्देश्यका साथ शुभकामना आदानप्रदान तथा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।

सोमबार मैजुबहालस्थित मैजुकुमारी पार्क परिसरमा आयोजित उक्त कार्यक्रमा काठमाडौँ महानगरपालिका वडा नं. ७ का वडाअध्यक्ष विमलकुमार होडाले सार्वजनिक सम्पत्तिलाई अब अधिकतम रुपमा उपभोग गरी संरक्षण गर्ने प्रमुख जिम्मेवारी टोलबासीहरुकै भएकाले वडाबाट त्यस्ता कामहरुलाई प्रोत्साहित गरिने नीति रहेको बताउनुभयो । साथै उहाँले पछिल्ला समयमा सामाजिक संस्थाहरुका अस्वस्थ्य प्रतिस्पर्धाको भावना बढ्दै गएकोमा संयमित भएर कार्य गर्न समेत निर्देशन दिनुभयो ।

मैजुकुमारी सार्वजनिक सम्पत्ति संरक्षण तथा विकास समाजका अध्यक्ष निर्मला पुडासैनीले मैजुबहाल क्षेत्रका सार्वजनिक सम्पत्तिहरुलाई जोगाउने कार्यमा समाजको पहल विगतदेखि भैरहेकोमा अझै आफू सक्रिय भइ लागिपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा स्थानीय समाजसेवी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।