श्रम स्वीकृति सम्बन्धी प्रचार बोर्ड हटाउन वैदेशिक रोजगार विभागको चेतावनी

 श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीसम्बन्धी श्रम स्वीकृति सम्बन्धी कार्य गर्ने प्रचार सामग्री हटाउन सम्बन्धित पक्षलाई निर्देशन दिएको छ ।

विभागले शुक्रबार सूचना प्रकाशित गर्दै विभागको कार्यालय प्रवेश गर्ने बाटोको वरपर तथा अन्य स्थानमा समेत रहेका केही साइबर सेन्टर, तालिम केन्द्र (इन्स्टिच्युट) तथा अन्य संस्थाहरूले ‘यहाँ श्रम गरिन्छ’ वा ‘श्रम स्वीकृति सम्बन्धी कार्य गरिन्छ’ वा ‘श्रम अनलाईन फारम भरिन्छ वा यस्तै अन्य ‘श्रम’ शब्दको प्रयोग गरी प्रचार-प्रसार गरी वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई भ्रममा पार्ने, आकर्षण गर्ने, रकम असुल गर्ने वा बिचौलियाको रूपमा समेत कार्य गर्ने कार्य बन्द गर्न आग्रह गरेको हो ।

श्रम स्वीकृति सम्बन्धी कार्य प्रचलित कानुन बमोजिम वैदेशिक रोजगार विभाग तथा तोकिएका श्रम तथा रोजगार कार्यालयहरुबाट मात्र हुने व्यवस्था रहेकोमा सो काममा भ्रम श्रृजना गर्ने गरी हुने गरेका यस्ता लेखन तथा प्रसार तत्काल बन्द गर्न तथा उपरोक्त अनुसारको प्रचार प्रसार गर्ने बोर्ड, होडिङ बोर्ड, फ्लेक्स बोर्ड, भित्ते लेखन लगायतको सामाग्री चैत्र ३० गतेसम्म हटाउन सम्बन्धित सबै व्यवसायी, साइबर, संस्था तथा व्यक्तिहरूलाई यसै सूचनामार्फत निर्देशन दिएको छ । विभागले सो समयसम्म त्यस्ता बोर्ड नहटाएमा वैदेशिक रोजगार ऐन, २०६४ तथा अन्य प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।

  • Related Posts

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-११ स्थित डब्लु डब्लु…

    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    काठमाडौँ । सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद्  बैठकले धानको न्यूनतम समर्थन मूल्य तोकेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका हुन् । जस अनुसार आर्थिक…

    पहिलो

    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    • May 30, 2026
    • 45 views
    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    • May 30, 2026
    • 42 views
    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    • May 30, 2026
    • 27 views
    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    • May 28, 2026
    • 50 views
    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    • May 28, 2026
    • 101 views
    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    “भारत र पाकिस्तान अझै पनि सिन्धु जल सन्धि पुनर्स्थापित गर्न सहमत हुन सक्दैनन्, तर पुन: संलग्नताले दिगो शान्ति ल्याउन मद्दत गर्न सक्छ”

    • May 27, 2026
    • 88 views