श्री मिथिला सेवा समाज नेपालगन्जको स्थापना दिबस, रक्तदान, सम्मान तथा संस्कृतिक सर्यक्रम सम्पन्न-

दीपेन्द्र प्रजापति/कालो झोला ।

नेपालगन्ज, ०३ माघ । श्री मिथिला सेवा समाज नेपालगन्जको स्थापना दिबस, रक्तदान, सम्मान तथा संस्कृतिक सर्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्ष्ता मिथिला समाजको अध्यक्ष् राम लोचन साह, तथा संचालन भरत महतो ले गर्नुभएको थियो ।

श्री मिथिला सेवा समाज नेपालगन्जको आयोजनामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि मिथिला समाजको ९२ बर्षीय समाजसेवी बेदामी साह, बिशिस्ट अतिथिहरुमा बाँके क्षेत्र नं. ०२ को संघिय सांसद डा. धवल शमशेर राना, नरैनापुर गाउँपालिका का अध्यक्ष् ईस्तियाक अहमद शाह तथा मैथिली संस्कृतिकको धरोहर रविराज शाह, सहरी बिकाश कार्यालय नेपालगन्जका प्रमुख राम आश्रय साह, निल सागर सेवा आश्रमको आध्यक्ष तथा उपाध्यक्ष, महेन्द्र पुस्तकालयको प्रतिनिधि, साहु समाजको अध्यक्ष् हंसराम साहु, बैस्य समाजको अध्यक्ष्, माता बागेश्वरी मन्दिरको महन्थ, नेपाल रेडक्रस सोसाइटी बाँके का अध्यक्ष, पत्रकार आषिश गुप्ता लगायत स्थानिय पत्रकार तथा मिथिला बासीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

दोस्रो स्थापना दिबसको अवसरमा रक्तदान, सम्मान विभिन्न सांस्कृतिक कार्यक्रम तथा मैथिली समुदायका परम्परागत लोक नृत्य, लोक नाचहरु मिथिला पहिरनमा नै प्रदर्शन गरिएको थियो । मैथली समुदायले विशेष रूपमा मनाउने यो पर्व तराई मधेशका साथै देशभरका विभिन्न ठाउँमा धुमधामका साथ मनाउने चलन छ ।

यस कर्यक्रममा बार्षिक प्रतिबेदन प्रस्तुत गर्ने क्रममा अध्यक्ष् रामलोचन साह ले बर्षको योजना पेस गर्नु भयो, सचिव भरत महतो ज्युले आफ्नो कार्य योजना प्रस्तुत गर्नु भयो, कोषाध्यक्ष रामचन्द्र पण्डित ले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भयो र सह सचिव घनश्याम पाठकले कार्य बिबरण प्रस्तुत गर्नु भएको थियो ।

यसै गरि समाजको कोषाध्यक्ष राम चन्द्र पण्डित ले समाजको भबन निर्माण गर्नको लागि १० धूर जग्गा पनि प्रदान गर्नु भएको छ उहाँ दुवै जना श्रीमान् श्रीमती लाई ५/५ किलो फूलको माला लगाई विशेस सम्मान गरिएको छ ।

भबन निर्माण गर्न को लागि प्रमुख अतिथिको छोरा समाज सेवी, प्रतिष्ठित व्यक्ति बिक्रम साह ले आफ्नो बुवाको नाममा १० लाख रुपैया दिने प्रतिबद्धता पनि गर्नु भएको छ । मा.डा.धवल शमशेर राना ले १ महिनाको तलब दिने घोषणा गर्नु भयो भने नरैनापुर गा.पा. अध्यक्ष् ले १० लाखको ईटा दिने प्रतिबद्धता गर्नु भएको छ ।

यस पर्वमा विशेष रूपमा भुजाको लड्डु, चुराको लड्डु, तिलको लड्डु, दही, दूध, माछा, मासु जस्ता परम्परागत परिकार तयार गरी खाने प्रचलन रहेको छ । थारु समुदायका साथै मधेश, पहाड र हिमाली क्षेत्रका विभिन्न जाति–समुदायले पनि यो पर्व हर्षोल्लास पूर्वक मनाउने गरेको पाइन्छ ।यस कार्यक्रमले मिथिला समाजको संस्कृति, परम्परा र पहिचानलाई संरक्षण गर्दै आत्मीय भाईचाराको सम्बन्ध कायम राखन योगदान पुर्‍याएको कुरा नेपालगञ्ज बाट संचालित जी नेपाल फोर के टेलिभिजन का संचालक आशिष गुप्ता ले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    काठमाडौं, ०९ जेठ । पर्साका वरिष्ठ पत्रकार यस अनलाईन का मधेश प्रदेश व्यूरो प्रमुख एवं सार्क पत्रकार मञ्च अन्तर्राष्ट्रिय का नेपाल च्याप्टर सदस्य दीपेन्द्र प्रजापति लाई मातृशोक परेको छ ।…

    विगो भरि भराउ मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ-

    -दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०७ जेठ । वडा प्रहरी कार्यालय, श्रीपुर बाट खटिएको विगो भरि भराउ टोली ले विशेष सूचनाको आधारमा बुधबार दिउँसो करिब १२:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका…

    पहिलो

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 176 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    • May 23, 2026
    • 49 views
    पाँचथरमा बाढी र पहिरो:  पुल र सर्वसाधारणका घरमा क्षति

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    • May 23, 2026
    • 43 views
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    मेजरलाई वेटर बनाएर चीनमा एलन मस्कको जासुसी 

    • May 23, 2026
    • 40 views
    मेजरलाई वेटर बनाएर चीनमा एलन मस्कको जासुसी 

    भारतमा १० दिनमा तेस्रो पटक बढ्यो पेट्रोल र डिजेलको मूल्य

    • May 23, 2026
    • 40 views
    भारतमा १० दिनमा तेस्रो पटक बढ्यो पेट्रोल र डिजेलको मूल्य

    ओलीलाई चेतावनी, आत्मसमीक्षा र पुनर्गठनको बाटो रोक्न नखोज्नु

    • May 23, 2026
    • 41 views
    ओलीलाई चेतावनी, आत्मसमीक्षा र पुनर्गठनको बाटो रोक्न नखोज्नु