संजय दत्त र नोरा फतेहीलाई भारतको महिला आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ । बलिवुड अभिनेता संजय दत्त र अभिनेत्री नोरा फतेहीलाई भारतको महिला आयोगले स्पष्टीकरण सोधेको छ ।

केहि साता अघि रिलिज भएको फिल्म केडी द डेभिलको ‘सरके चुनर’ गीतको विवादका कारण दुवैलाई महिला आयोगले स्पष्टीकरण लिएको हो ।   

संजय दत्तपछि विवादित गीतका विषयमा स्पष्टीकरण दिन नोरा फतेही राष्ट्रिय महिला आयोगसमक्ष उपस्थित भएकी छन् ।  चलचित्र केडी: द डेभिल को गीत ‘सरके चुनर’ सार्वजनिक भएपछि व्यापक आलोचना भएको थियो । त्यसपछि राष्ट्रिय महिला आयोगले नोरा फतेहीलाई उपस्थित हुन निर्देशन दिएको थियो ।

आयोगसमक्ष आफ्नो भनाइ राख्दै नोरा फतेहीले आफू कसैको भावनामा चोट पुर्‍याउने उद्देश्यमा नरहेको बताएकी छन् । उनले कलाकारको हैसियतले आफ्नो जिम्मेवारी स्वीकार गर्दै माफी मागेकी छन् ।

उनले समाजबाट पाएको माया फर्काउनु आफ्नो जिम्मेवारी भएको उल्लेख गर्दै केही अनाथ बालिकाको शिक्षाको खर्च व्यहोर्ने निर्णय गरिएको जानकारी पनि दिएकी छन् ।

यसअघि राष्ट्रिय महिला आयोगले सञ्जय दत्तलाई पनि उपस्थित हुन निर्देशन दिएको थियो । अप्रिल २७ मा भएको उपस्थितिका क्रममा उनले गीतलाई लिएर माफी मागेका थिए । साथै सामाजिक कल्याण र महिला सशक्तीकरणका लागि ५० जना आदिवासी बालिकाको शिक्षाको खर्च व्यहोर्ने प्रतिबद्धता जनाएका थिए । त्यसपछि आयोगले उनलाई राहत दिएको थियो ।

गीत सार्वजनिक भएलगत्तै यसको आलोचना सुरु भएको थियो । त्यसपछि सूचना तथा प्रसारण मन्त्रालय ले उक्त गीतमाथि प्रतिबन्ध लगाएको थियो । गीतमा देखाइएको भल्गर सिन, विवादित शब्दको चौतर्फी विरोध र भारतका विभिन्न स्थानमा एफआइआर हुन थालेपछि गीतलाई हटाइएको थियो ।  

  • Related Posts

    दिनभरका प्रमुख २० समाचार

    सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति पाण्डेलाई रिहा गर्न आदेश दिएको छ । शुक्रबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र शान्तिसिंह थापाको इजलासले पाण्डेलाई रिहा गर्न आदेश दिएको हो ।…

    जापानको मियागी क्षेत्रमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

    2026-5-15 7:35 pm / 2083-02-01 7:35 pm काठमाडौँ । जापानको मियागी क्षेत्रमा शुक्रबार शक्तिशाली भूकम्प गएको छ । रिक्टर स्केलमा ६.७ मापन गरिएको भूकम्पपछि उत्तरी जापानका पाँच प्रान्तमा आपतकालीन सतर्कता…

    पहिलो

    दिनभरका प्रमुख २० समाचार

    • May 15, 2026
    • 7 views
    दिनभरका प्रमुख २० समाचार

    जापानको मियागी क्षेत्रमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

    • May 15, 2026
    • 21 views

    आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक अनुदान ५६.६७ प्रतिशत प्राप्त

    • May 15, 2026
    • 27 views
    आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक अनुदान ५६.६७ प्रतिशत  प्राप्त

     ऊर्जा परियोजनामा निर्धारित समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन

    • May 15, 2026
    • 27 views
     ऊर्जा परियोजनामा निर्धारित समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन

    महालेखाको निष्कर्ष: वित्तीय अनुशासन र जवाफदेहिता नहुदा बेरुजु बढ्यो

    • May 15, 2026
    • 30 views
    महालेखाको निष्कर्ष: वित्तीय अनुशासन र जवाफदेहिता नहुदा बेरुजु बढ्यो

    अलग भइन् मौनी रोय

    • May 15, 2026
    • 28 views
    अलग भइन्  मौनी रोय