सगरमाथा हवाई मैदान निर्माणमा ढिलाइ

गाईघाट । त्रियुगा नगरपालिका-१ जोगीदहस्थित मोथ्याइमा निर्माण सुरु भएको सगरमाथा हवाई मैदान निर्माणमा ढिलाइ भएको छ ।

बाह्र वर्ष अघि यहाँ हवाई मैदान निर्माणको प्रक्रिया अघि बढाइएको हो । सदरमुकाम गाईघाट वा त्रियुगा नगरपालिका-७ चुहाडेमा हवाई मैदान निर्माण गर्ने भनेर तीन दशकसम्म अध्ययन तथा वादविवाद सँगसँगै चलेको थियो । “त्रियुगा नगरपालिका-१ जोगीदहमा उपयुक्त जग्गा प्राप्त भएको र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्राविधिकले उक्त क्षेत्रमा हवाई मैदान निर्माण गर्न उपयुक्त हुने भनेर प्रतिवेदन दिएपछि १२ वर्षअघि जोगीदहमा हवाई मैदान निर्माण प्रक्रिया अगाडि बढाइएको हो”, सगरमाथा हवाई मैदान निर्माण समितिका अध्यक्ष वीरेन्द्र बस्नेत भन्छन् ।

उनका अनुसार त्रिनपा-१ जोगीदहमा जिल्ला वन कार्यालय उदयपुर र जोगीदह मोथ्याईका १७ परिवारले जग्गाको मुआब्जा समेत नलिई हवाई मैदान निर्माण गर्न जग्गा दिने तयारी गरेपछि २०६७ सालमा पहिलो पटक पर्यटन तथा नागरिक उड्यमन्त्रालयको प्राविधिक टोलीले स्थलगत अध्ययन र वातावरणसम्बन्धी अध्ययन सुरु गरेका हुन् । झण्डै एक सय ५६ हेक्टर जग्गामध्ये स्थानीयको १० हेक्टर र बाँकी जिल्ला वन कार्यालयको जग्गा हवाई मैदानका लागि व्यवस्थापन गरिएको अध्यक्ष बस्नेतले बताए ।

विसं २०७८ मा जिल्ला वन र स्थानीयको स्वामित्वमा रहेका जग्गा हवाई मैदानलाई औपचारिक रूपमा प्रदान गरेपछि जोगीदह मैदान निर्माणका लागि रुख कटान सुरु गरिएको निर्माण समितिका सदस्य रुद्र अधिकारी बताउँछन्। हालसम्म एक सय पाँच हेक्टर वनक्षेत्रको १३ हजार रुख कटान गरिसकिएको उनले बताए।

हवाई मैदान निर्माणका लागि हालसम्म रु. तीन करोड बराबर खर्च भइसकेको तथा रुख कटान गरी खाल्डा पुर्ने काम सम्पन्न भएको छ । हवाई कन्ट्रोल टावर निर्माण सुरु हुनलागेका बेला फेरि मैदान निर्माण कार्य रोकिएकाले समस्या आएको निर्माण समितिका पदाधिकारी बताउँछन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा. नारायण खड्काले हवाई मैदान निर्माण सुरु हुन लागेका बेला फेरि रोकिनु उदयपुरवासीका लागि दुर्भाग्य भएको बताए । उनले भने “१२ वर्षपछि हवाई मैदान निर्माण सुरु भए पनि अख्तियारमा उजुरी परेपछि निर्माण कार्य राखिएको छ ।”

हवाई मैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष बस्नेतका अनुसार उड्डयन मन्त्रालयले कानुनी रूपमा जग्गा हवाई मैदानका नाममा प्राप्त गरेको र सरकारले यसका लागि गत वर्ष नै रु. ६ करोड बजेटसमेत विनियोजन गरेको हो, तर काम नै नगरी बजेट फ्रिज भएको छ । विसं २०३२ मा पहिलो पटक तत्कालीन उदयपुरबाट राष्ट्रिय पञ्चायतका सदस्य चक्रबहादुर बस्नेतले गाईघाटस्थित हालको थारुहट रंगशाला खेलमैदानमा हवाई मैदान बनाउन पहल सुरु गरेको समितिका पदाधिकारी बताउँछन् । त्यसपछि २०५४ सालमा मैदान निर्माणका लागि पुनः पहल आफूले सुरु गरेको डा. नारायण खड्का बताउँछन् ।

हवाई मैदान बन्ने तथा आफ्नै गाउँघरबाट जहाज चढ्न पाइने भन्दै सात कट्ठा जग्गा खुसीले मैदान निर्माण गर्न दिएको तर समयमा नबनेकोबारे जोगीदह मोथ्याईका जग्गादाता कृष्ण प्रधान बताउँछन्। अर्का जग्गादाता हर्कमान प्रधान हवाई मैदान निर्माण गर्न विभिन्न बहाना गरेर जनतालाई निराश मात्र बनाएको तर मैदान बन्ने अवस्था नदेखिएकाले दुःख लागेको उनी बताउँछन् ।

पूर्व पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराती भन्छन् “विभिन्न प्राविधिक कारणले गर्दा मैदान निर्माण कार्यमा विलम्ब भएको हुनसक्छ, हालसम्म झण्डै तीन करोड बराबर खर्च भइसकेको छ ।” प्राविधिकको योजना अनुसार एक हजार चार सय मिटर लम्बाइ र ६० मिटर चौडाइको हवाई मैदान निर्माण हुने र मध्यम स्तरका जहाज सहज तरिकाले अवतरण गर्न सक्ने खालको मैदान निर्माण गर्ने योजना तयारी भएको समितिका पदाधिकारी बताउँछन् । झण्डै रु. एक अर्ब २० करोडसम्मको बजेट छुट्याएको मैदान निर्माण समितिका पदाधिकारी बताउँछन् ।

जोगीदहमा हवाइ मैदान सञ्चालनमा आएपछि सुनसरी, उदयपुर र खोटाङको दक्षिणी क्षेत्र, भोजपुरको दक्षिणी क्षेत्र र सिन्धुलीको पूर्वी क्षेत्र र सिरहा तथा सप्तरीको उत्तरी क्षेत्रका जनतालाई आवतजावतमा सहज हुने समितिका पदाधिकारी बताउँछन् ।

  • Related Posts

    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    धादिङ । धादिङको रुबीभ्याली गाउँपालिका क्षेत्रमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन्। रुबीभ्याली गाउँपालिका–१ सोमदाङबाट सेर्तुङ हुँदै बोराङतर्फ जाँदै गरेको साइकल आइतबार अनियन्त्रित भई वडा नम्बर ३…

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षक पदमा नियुक्ति लिएको आरोपमा नवलपरासीका एक शिक्षकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) विनयी त्रिवेणी गाउँपालिका–२ निवासी कृष्णबहादुर…

    पहिलो

    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    • May 25, 2026
    • 42 views
    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    • May 25, 2026
    • 33 views
    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    • May 25, 2026
    • 48 views
    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 193 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    • May 23, 2026
    • 58 views
    पाँचथरमा बाढी र पहिरो:  पुल र सर्वसाधारणका घरमा क्षति

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    • May 23, 2026
    • 56 views
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ