सरकारले भयरहित निर्वाचनको वातावरण बनाउन सकेन- देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भयरहित निर्वाचनको वातावरण बन्न नसकेको बताएका छन् ।

मंगलबार कांग्रेस केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै देउवाले स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको वातावरण बन्न सकेको नसकेको बताएका हुन् । देउवाले आफ्नो सम्बोधनमा निर्वाचनको पूर्व शर्तका रुपमा रहेको शान्ति सुरक्षाको ग्यारेण्टी नभएको र सुरक्षा निकायको मनोवल गिरेर निरिह भएको अवस्था रहेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्- ‘सरकारले फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने मिति तोकेको छ । तथापि, स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको वातावरण बन्न सकेको छैन। निर्वाचनको पूर्व शर्तका रुपमा रहेको शान्ति सुरक्षाको ग्यारेण्टी छैन । सुरक्षा निकाय मनोवल गिरेर निरिह भएका छन् । तसर्थ निर्बाचनका लागि शान्ति सुरक्ष्याको अवस्था सामान्य बनाउने र शान्तिपूर्ण निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छ र सबैले स्वतः स्फुर्त निर्बाचनमा भाग लिने अवस्था निर्माण हुन्छ भन्ने कुराको सुनिश्चिता गराउने जिम्मा सरकारको हो । यस तर्फ सरकारको ध्यान जाओस । सरकारले निर्वाचनका लागि वातावरण बनाउन सकेमा देशलाई पुनः संबैधानिक बाटोमा फर्काउने आधार निर्वाचन हो भन्ने हाम्रो बिश्वास छ ।’

साथै देउवाले बहुदलीय लोकतान्त्रिक व्यवस्थामा वाहक मानिने राजनीतिक दलहरुसँग सरकारले सार्थक संवादको वातावरण नबनाएको भन्दै काँग्रेसले अन्य दलहरुसँग संवाद अगाडी बढाउनुपर्ने बताएका छन् । उनले मुलुकमा संकट आएका बेला त्यसको निकास पनि नेपाली कांग्रेसले दिने गरेको विगतको ईतिहासलाई आत्मसात गर्दै सबै राजनीतिक दललाई एकमत बनाउने तर्फ अघि बढ्न नेताहरुलाई आग्रह गरेका छन् ।

  • Related Posts

    लिङ्देन र थापाबीच भेटवार्ता

    काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच महत्त्वपूर्ण भेटघाट भएको छ । मंगलबार भएको भेटवार्तामा दुवै दलबीच एकताको प्रयासस्वरूप यो भेटवार्ता भएको बताइएको छ ।…

    कार्तिक २४ गतेको मन्त्रिपरिषद्को बैठकका १७ निर्णय सार्बजनिक

    काठमाडौँ । कार्तिक २४ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले मन्त्रिपरिषद्को बैठकका १७ निर्णय निर्णयहरु सार्बजनिक गरेका हुन्…

    पहिलो

    नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिका बीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न-

    • November 11, 2025
    • 73 views
    नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिका बीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न-

    थाइल्याण्ड र कम्बोडियाबीच फेरी विवाद, दुवै देशका सेनाले के भने ?

    • November 11, 2025
    • 62 views
    थाइल्याण्ड र कम्बोडियाबीच फेरी विवाद, दुवै देशका सेनाले के भने ?

    पाकिस्तानको इस्लामाबादमा अदालत बाहिर विस्फोट, १२ जनाको मृत्यु

    • November 11, 2025
    • 62 views
    पाकिस्तानको इस्लामाबादमा अदालत बाहिर विस्फोट, १२ जनाको मृत्यु

    लिङ्देन र थापाबीच भेटवार्ता

    • November 11, 2025
    • 55 views
    लिङ्देन र थापाबीच भेटवार्ता

    नेप्से सामान्य बढ्यो, ३ अर्ब ६२ करोडको कारोबार

    • November 11, 2025
    • 46 views
    नेप्से सामान्य बढ्यो, ३ अर्ब ६२ करोडको कारोबार

    कार्तिक २४ गतेको मन्त्रिपरिषद्को बैठकका १७ निर्णय सार्बजनिक

    • November 11, 2025
    • 43 views
    कार्तिक २४ गतेको मन्त्रिपरिषद्को बैठकका १७ निर्णय सार्बजनिक