दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, २७ चैत । वीरगंज महानगरपालिकामा अहिले सर्वाजनिक सम्पती खोजी कार्य जोड तोडका साथ चलिरहेको छ । ३/३ दशकदेखी सिरक ओडेर घयू पिइरहेकाहरुको अहिले निद्रा हराम भएको छ ।

वीरगंज महानगरपालिकाले महिनादिन नबित्दै लगभग ५० औँ विग्हा फिर्ता ल्याउन सफल भएको छ । जसरी जसरी सार्वजनिक सम्पती बाहिर ल्याईदै छ, त्यसरी नै हडप्ने र हडपेकाहरुको संरक्षण गर्नेहरुको चरित्र बाहिरिदै गएको छ । महानगरको ३२ वटै वडाका वडा अध्यक्षहरुले वोर्ड बैठकमा सार्वजनिक सम्पती फिर्ता ल्याउने सामुहिक प्रतिबद्धता जनाएका थिए ।

प्रतिबद्धता अनुसार नै वीरगंज महानगरका मेयर राजेशमान सिंह जसपाका रहेकाले अन्य जसपाका जनप्रतिनिधिले विरोध जनाउने कुरै भएन् । जसले गर्दा वडा नं. १० का वडा अध्यक्ष सुशिल साह कानुले विरोध जनाउन सकेनन् । वडा नम्बर १० मा पर्ने घडिअर्वा पोखरी अगाडीको रामजानकी मन्दिरको अतिक्रमित जग्गा फिर्ता ल्याउने क्रममा सो निर्णय थाहा पाएर वीरगंज महानगरपालिका वडा नं. १० का वडा अध्यक्ष सुशिल साह कानुले वर्षौदेखी हडपेर बसेकाहरुलाई सुचना तुहाएर अदालतमा मुद्दा दिन लगाएका थिए ।

रामजानकी मन्दिर हडपेर बसेकाको संरक्षण गरिरहेका वडा अध्यक्ष सुशिल साह कानुले बोर्डमा विरोध जनाउन नसकेर महानगर बैठकमा निर्णयमा हस्ताक्षर गरेर बाहिर आएर अदालतमा मुद्दा दिलाउन लगाएको उनकै मुखै अगाडी मेयर राजेशमान सिंहले बताएका थिए । लाजले भुतुक्कै भएका वडा अध्यक्ष सुशिल साहकानुले मन्दीर जस्तो धार्मीक स्थललाई समेत कमाई खाने भाडो बनाएको चरित्र उदाङगो भएको छ । मन्दिर अगाडी हडपेको संरचना तोडफोड भइरहेकै स्थानमा उनको मुखै अगाडी वडा अध्यक्ष सुशिल साह कानु बारे पर्दाफास गरेका थिए । यस विषयलाई प्रायः मौन राखेपनी सिरक ओडेर घयू पिइरहेका वडा नं. १० का वडा अध्यक्ष सुशिल साह कानुको चरित्र वडावासीमा उदाङगो भएको छ ।