दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, १५ भदौ । वीरगञ्ज महानगरपालिका वडा नं. २२ जगरनाथपुर स्थित रहेको सर्वोत्तम स्टील उधोगको थप भवन बनाउने क्रममा तल्लो तल्लाको जग ढलानको लागि सिमेन्ट र गिट्टी वालुवाको मिश्रण गर्ने भाईब्रेसन मेशिनलाई बुधबार बिहान करिब १०:३० बजेको समयमा  सम्याउने क्रममा एक्कासी मेसिनको तार सर्ट भई दुई जना कामदारलाई करेन्ट लागि गम्भिर घाईते भएका थिए ।

जिल्ला प्रहरी कार्यालय, पर्सा का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार घटनाको जानकारी प्राप्त हुनु लगत्तै यस कार्यालय बाट म लगायत यस कार्यालय मातहत रहेका वडा प्रहरी कार्यालय, श्रीपुर बाट प्रहरी निरीक्षक डिल्ली राज सापकोटाको कमाण्डमा खटिएको टोलीले घाइतेहरूलाई तत्कालै उपचारको लागि मेडिसीटी बयोधा हस्पिटल वीरगञ्ज पठाइएकोमा घाईते मध्येका  बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका वडा नं. ०१ बस्ने वर्ष १७ को रबिन थारुको मृत्यु भएको चिकित्सकले घोषण गरे पश्चात मृतक रबिन थारुको घटनास्थल तथा लास जाँच प्रकृती मुचुल्का लगायतको अनुसन्धान कार्य सम्पन्न गरी थप अनुसन्धान कार्य भैरहेको तथा घाइते  बर्दिया जिल्लाको राजापुर नगरपालिका वडा नं. ०६ बस्ने वर्ष ३० को सिताराम थारुको उपचार भइरहेको कुरा पनि सूचना अधिकारी गिरीले बताएका छन् ।