दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, २१ कार्तिक । वीरगंज महानगरपालिका वडा नं. २२ ड्राई पोर्ट-परवानिपुर सडक खण्ड स्थित जगरनाथपुर क्वालिटी धर्म काँटा छेउमा एकाबिहानै कारेन्ट लागेर दुई जना मानिसहरु मध्ये एक जनाको मृत्यु र एक जना सामान्य घाईते भएका छन् ।

प्रहरी चौकी, परवानीपुर का प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक दीपेन्द्र बहादुर मल्ल का अनुसार सोमबार बिहान करिब १०:०० बजेको समयमा  ना. ८ ख ३८४९ नम्बको टिपरले माटो खसाली टिपर ब्याक गर्ने क्रममा विधुतको तार चुडिदा ड्राई पोर्ट बाट परवानिपुर तर्फ जादैँ गरेको ना. ४६ प ५५४२ नम्बरको मोटरसाइकल मा सवार  पर्साको बहुदरमाई नगरपालिका वडा नं. ०४ बहुअरी पिडारी बस्ने वर्ष ४५ को नागेन्द्र प्रसाद यादव र  बीरगंज महानगरपालिका वडा नं. ३२ चोर्नी बस्ने वर्ष १९ को सिकेन्द्र प्रसाद यादव लाई करेन्ट लागी घाईते भएको हुँदा घाईतेहरूलाई तत्काल उपचारको लागि नारायणी अस्पताल वीरगंज ल्याउने क्रममा घाईते मध्येका नागेन्द्र प्रसाद यादवको बाटोमा नै मृत्यु भएको तथा सिकेन्द्र प्रसाद यादवको अवस्था सामान्य रहेको छ ।

घटना पश्चात टिपर चालक फरार रहेकोले खोजतलास भईरहेको तथा मृतकको लास जाँच प्रकृति मुचुल्का लगायतको कार्य सम्पन्न गरी थप अनुसन्धान भैरहेको कुरा पनि प्रहरी बरिष्ठ नायब निरीक्षक मल्ल ले बताएका छन् ।