दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, १५ भदौ । वीरगञ्ज महानगरपालिका वडा नं.१५ ब्रह्मचोक स्थित बाईपास सडकखण्डमा प्रतिमा चोकबाट वीरगञ्ज बसपार्क तर्फ बुधबार बिहान करिब ११:४५ बजेको समयमा आउँदै गरेको ना. ४० प ९४७९ को मोटरसाईकल लाई सोही दिशा तर्फबाट आउँदै गरेको ना. ७ ख १८३७ नम्बरको बसले ठक्कर दिँदा दुई जना व्यक्तिहरू घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, पर्सा का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए अनुसार घटना सम्बन्धमा जानकारी प्राप्त हुनासाथ तत्काल यस कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्सा बाट खटिएको टोलीले घाईतेहरूलाई उपचारको लागि नारायणी अस्पताल वीरगञ्जमा पठाइएकोमा उपचारकै क्रममा रौतहट जिल्लाको मौलापुर गाउँपालिका वडा नं. ०५ पतौरा बस्ने वर्ष ६५ को तुलसी साहको मृत्यु भएकोमा उल्लेखित नम्बरको बस र चालक ललितपुर जिल्लाको ललितपुर महानगरपालिका वडा नं. १३, नखु बस्ने वर्ष ४२ को प्रबिन कुमार रजकलाई नियन्त्रणमा लिइ मृतकको लास जाँच प्रकृती मुचुल्का लगायतको अनुसन्धान कार्य सम्पन्न गरिएको तथा घाईते मोटरसाइकल चालक रौतहट जिल्लाको मौलापुर गाउँपालिका वडा नं. ०५ पतौरा बस्ने वर्ष ३१ को रामसागर साह उपचार पश्चात डिस्चार्ज भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भैरहेको कुरा पनि सूचना अधिकारी गिरीले जानकारी दिनुभयो ।