दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, २७ भदौ । पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका वडा नं. ०१ स्थित सडक खण्डमा आईतबार राती करिब ०९:३० बजेको समयमा प्रदेश २-०३-२१ प ९३०० नम्बरको मोटरसाईकलले पैदल यात्रीलाई ठक्कर दिँदा उपचारको क्रममा मृत्यु भएको छ ।

उल्लेखित ठाउँमा एक महिला गम्भिर घाईते भएकी छन् भन्ने जानकारी प्राप्त हुनासाथ तत्काल ईलाका प्रहरी कार्यालय, पटेर्वा सुगौली बाट खटिएको टोलीले घाईतेलाई उपचारको लागि तत्कालै नारायणी अस्पताल वीरगञ्जमा पठाइएकोमा उपचारकै क्रममा वर्ष ४५ की फुलमती देवी खातुनको सोही राती ११:३० बजे मृत्यु भएकोले उल्लेखित नम्बरको मोटरसाईकल र चालक पर्सा कै गाउँपालिका   वडा नं. ०१ बस्ने वर्ष ३५ को मनोज कुमार यादवलाई नियन्त्रणमा लिइ मृतकको लास जाँच प्रकृती मुचुल्का लगायतको अनुसन्धान कार्य  सम्पन्न गरि उक्त घटना सम्बन्धमा थप अनुसन्धान भैरहेको कुरा जिल्ला प्रहरी कार्यालय, पर्सा का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताएका छन् ।