दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, १२ फागुन । शुक्रबार दिउँसो करिब ०२:०० बजेको समयमा पर्सा जिल्लाको पोखरिया नगरपालिका वडा नं. ०३, बसन्तपुर स्थित भिष्वाबाट पोखरिया तर्फ जाँदै गरेको ना. १५ प ५०३६ नम्बरको मोटरसाइकल लाई BR 22N 3796 नम्बरको मोटरसाइकलले पछाडि बाट ठक्कर दिंदा BR 22N 3796 नम्बरको मोटरसाइकल चालक भारतको विहार राज्य, जिल्ला वेतिया पश्चिमी चम्पारण बस्ने वर्ष २२ को कैयफली चुरीहार घाईते भएको भन्ने जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय, पोखरिय बाट प्रहरी निरीक्षक आयुष जोशीको कमाण्डमा खटिएको प्रहरी टोलीले तत्कालै घाईतेलाई उपचारको लागि पोखरिया अस्पतालमा ल्याइएकोमा उपचारकै क्रममा कैयफली चुरीहारको दिउँसो करिब ०२:४५ बजेको समयमा मृत्यु  भएको छ, भने मृतकको घटनास्थल तथा लास जाँच प्रकृति मुचुल्का लगायतका कार्य सम्पन्न गरी घटनामा संलग्न पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नं. ०५ बस्ने वर्ष ३४ को श्यामबाबु यादव तथा उल्लेखित नम्बरको मोटरसाइकल लाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भैरहेको कुरा जिल्ला प्रहरी कार्यालय, पर्सा का प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताएका छन् ।