दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०२ भाद्र । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाको शनिबार दिउँसो करिब ०१:३० बजेको समयमा हृदयघात बाट मृत्यु भएको छ ।

शनिवार बिहान ११ बजेतिर गण परिसरमै रहेको आवासमा थपलिया अचानक अचेत भएर लडे पछि तत्कालै उनलाई उपचारका लागि बीरगंज स्थित नेपाल मेडीसिटी वयोधा अस्पतालमा लगिएको थियो ।

नुवाकोटका स्थानीयवासी रहेका वीरगञ्जस्थित नेपाल मेडीसिटी वयोधा अस्पतालमा ४४ वर्षीय थपलियाको दिउँसो उपचारका क्रममा मृत्यु भएको हो ।

थपलियाको शवलाई अन्तिम बिदाई पश्चात् अन्तिम संस्कार को लागि आजै काठमाडौं लगिएको छ ।

कालो झोला अन्लाईन परिवार वहाँ प्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछ ।