दीपेन्द्र प्रजापति/कालो झोला ।

धनुषा, ०९ असोज । सशस्त्र प्रहरी बल नेपाल, बी. ओ. पी. जटही ले शनिबार साँझ करिब ०५:३० बजेको समयमा धनुषा जिल्लाको नगराईन नगरपालिका वडा नं. ०२ स्थित जटही बाट अबैध चाँदी सहित एक जना भारतीय नागरिक लाई आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त राति सशस्त्र प्रहरी नायब निरीक्षक संजय गुरागाईं को कमाण्डमा खटिएको ०४ जनाको चेक प्वाइन्ट टोलीले भारत बाट नेपाल तर्फ साईकलमा आउँदै गरेको अवस्थामा शंका लागि चेक जाँच गर्ने क्रममा आफ्नो घर भारतको मधुबनी जिल्ला ग्राम पञ्चायत सुट्ठी वडा नं. ०६ , चन्द्र कान्त झा नाम बताउने अंदाजी वर्ष ५० को व्यक्ति लाई निजको शरिरमा बाँधेर लुकाई छिपाई अबैध रुपमा ल्याउँदै गरेको मुल्य रु. १९ लाख ६४ हजार ३ सय ४० बराबरको १९ किलो ४ सय १७ ग्राम चाँदी, साईकल र मोबाइल १/१ थान नियन्त्रण लिएको कुरा सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता वाहिनी मुख्यालय, महोत्तरी का बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगर ले आईतबार बताएका छन् । ।