दीपेन्द्र प्रजापति/कालो झोला ।

सप्तरी, ०६ भदौ । सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोष्ट, बनैनिया, सप्तरीले आईतबार राति करिब ०९:०० बजेको समयमा सोही सीमा ईलाका बाट एउटा कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने एक थान गोली बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता वाहिनी मुख्यालय, महोत्तरी का बाहिनीपति गणेश ठाडा मगर का अनुसार उक्त दिन  सप्तरी जिल्लाको राजगढ गाउँ पालिका वडा नं. ०२, बनैनिया बोर्डर ईलाकामा यद बी. ओ. पी. बाट सशस्त्र प्रहरी निरीक्षक तुलसी राम कार्कीको कमाण्डमा ०५ जनाको पैदल गस्ती टोलीले सरप्राइज चेक प्वाइन्ट थापी चेक जाँच गरिरहेको अवस्थामा भारतीय सीमा ईलाका बाट नेपाल तर्फ आउदै गरेको दुई जना अपरिचित व्यक्तिहरुले सशस्त्र प्रहरी बल नेपाल को टोलीलाई देखि केहीं शंकास्पद वस्तु फाली व्यक्तिहरू भारत तर्फ नै भागी फरार भएको हुँदा उक्त वस्तु खोज तलास गर्दा खेतमा एक थान कटुवा पेस्तोल १ थान र ८ एम. एम. गोली १ थान फेला परेको हुँदा बरामद गरि यस बी. ओ. पी. मा ल्याई जिल्ला प्रहरी कार्यालय, सप्तरीमा बुझाउने तयारी भइरहेको कुरा पनि बाहिनीपति मगरले सोमबार बिहान बताएका छन् ।