दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, ०७ असार । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेस, पोखरीया ले विशेष सूचनाको आधारमा बिहीबार दिउँसो करिब ०२:३० बजेको समयमा १५ किलो ५ सय ग्राम प्रतिबन्धित लागु औषध चरेश सहित एउटा मोटरसाइकल र चालक लाई आफ्नो नियन्त्रणमा लिएको छ ।

पर्सा जिल्लाको कालिका माई गाउँपालिका वडा नं. ०५, सेमरा स्थित त्यहाँ बाट खटिएको सशस्त्र प्रहरी टोलीले देवरिया बाट भिस्वा तर्फ जाँदै गरेको BR 22 AP 6815 नम्बरको भारतीय पल्सर मोटरसाइकल लाई शंका लागि चेक जाँच गर्ने क्रममा पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका वडा नं. ०५, भिस्वा बस्ने ठाकुर साह कानुको छोरा अन्दाजी वर्ष ३७ को राजेश साह सवार मोटरसाईकल को सीट र टंकी मुनि फल्स बटम बनाई लुकाई छिपाई नेपाल बाट भारत तर्फ लैजाँदै गरेको अवस्थामा ५ सय ग्रामको १९ पकेट तथा २ सय ५० ग्रामको २४ वटा प्याकेट गरि जम्मा १५ किलो ५ सय ग्राम लागु औषध चरेश फेला परेको हुँदा उक्त चरेश सहित उल्लेखित नम्बरको मोटरसाइकल र निज व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि आजै ईलाका प्रहरी कार्यालय, पोखरीया मा बुझाईएको कुरा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक संतोष कुमार बस्नेत ले बताएका छन् ।