दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, १९ कार्तिक । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा लगायत यस मातहत पर्ने वीओपी, सुरक्षा वेस तथा एफओपी हरुले पर्साको विभिन्न स्थानहरु बाट विभिन्न सामानहरू बरामद गरि रु. १२ लाख ७० हजार ०४ सय ८५ बराबरको मूल्याङ्कन गरि आवश्यक कारवाहीको लागि शनिबार बीरगंज भन्सार कार्यालय मा बुझाएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक संतोष कुमार बस्नेत का अनुसार वीरगंज महानगरपालिका वडा नं. १६ ईनर्वा, भन्सार मेनगेट, वीरगंज महानगरपालिका वडा नं. २६ अलौ, वविन्दवासिनी गाउँपालिका वडा नं. ०३ बहुअर्वाभाठ्ठा चोक, बीरगंज महानगरपालिका वडा नं. ०१ स्थित छप्कैया, ठोरी गाउँपालिका वडा नं. ०२ ठोरी, जिराभवानी गाउँपालिका वडा नं. ०१, वीरगंज महानगरपालिका वडा नं. २५ ड्राईपोर्ट, ठोरी गाउँपालिका वडा नं. ०३ ब्रम्हानगर लगायतका विभिन्न स्थानहरुबाट स.प्र. बल, नेपाल नं. १३ गण हे.क्वा. पर्सा, सुरक्षा वेश बहुअर्वाभाठ्ठा, सुरक्षा वेश विरगंज, वि.ओ.पि. विरगंज, वि.ओ.पि. महादेवपट्टी, वि.ओ.पि. ठोरी वि.ओ.पि. ड्राईपोर्ट, वि.ओ.पि.अलौ, वि.ओ.पि. अमरपट्टी, वि.ओ.पि. भिखमपुर, वि.ओ.पि. प्रसौनिभाठाबाट खटिएको सशस्त्र प्रहरी बल नेपालको टोलीले यस हप्ता कार्तिक १२ गते देखी १९ गते सम्म मुल्य रु. १२ लाख ७० हजार ४ सय ८५ बराबरको कपडा, चिनि, कस्मेटिक्स, हार्डवेयरको सामान, माछा, सुर्ति, अटो लगायतका सामानहरु बरामद गरी विरगंज भन्सार कार्यालयमा दाखिला गर्नु को साथै शुक्रबार पर्साको बहुदरमाई नगरपालिका वडा नं. ०७ छप्कैया टोल स्थित बाँसको झाँगमा लुकाई छिपाई राखिएको ०७ किलो ग्राम बेवारिसे प्रतिवन्धित लागु ‍औषध (गाँजा) नियन्त्रणमा लिई नेपाल प्रहरीलाई बुझाईएको कुरा पनि सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक बस्नेत ले बताएका छन् ।