दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०५ पुष । सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म, अलौं पर्सा ले बुधबार राति करिब १२:३० बजेको समयमा विशेष सूचनाको आधारमा बीरगंज महानगरपालिका बड़ा नं. २६ बाट १ सय ४८ बोरा प्याज सहित एउटा मिनी ट्रक लाई आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त राति गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदीप थापाको कमान्डमा खटिएको चेकप्वाईन्ट टोलीले से. १ क ८४० नम्बरको मिनी ट्रकबाट करिब ७.५ टन, खुद्रा बजार मूल्य रु. ६ लाख ७५ हजार रहे तापनि भन्सार मूल्यांकन रु. ३ लाख ४८ हजार बराबरको अबैध रुपमा भन्सार छली ल्याएको प्याज र मिनीट्रक को रु. १० लाख गरि जम्मा रु. १३ लाख ४८ हजार बराबर को सामान र चालक सहित आबस्यक कारबाहीको लागि विरगंज भन्सार कार्यालय, पर्सा मा बुझाएको कुरा गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक थापाले बताएका छन् ।