दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, १९ असोज । सशस्त्र प्रहरी बल नेपाल, बी. ओ. पी. बीरगंज ले बुधबार बिहान करिब ०९:३० बजेको समयमा बीरगंज महानगरपालिका वडा नं. १६, भन्सार रोड बाट एउटा भारतीय मारुती सुजुकी कार लाई आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त बी. ओ. पी. बाट खटिएको ७ जनाको गाडी मोबाईल टोलिलाई देख्‍ना साथ BR 04 N 2955 नम्बरको भारतीय मारुती सुजुकी कार सोहि स्थानमा छाडी सवारी चालक भागेकोले उक्त गाडी चेकजाँच गर्दा मिति २०७८ साल चैत १३ गते एक दिनको लागि मात्र बीरगंज भन्सार कार्यालय, पर्साबाट प्रज्ञापन पत्र बनाई नेपाल प्रबेश गरी ५ महिना २४ दिन सम्म अबैध रुपमा नेपालमा बसेको पाईएको हुदाँ उक्त कारलाई बरामद गरि मुल्य रु. २७ लाख बराबरको मूल्याङ्कन मा वीरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको कुरा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक संतोष कुमार बस्नेत ले बताएका छन् ।