दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०१ जेष्ठ । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, विरगंज बाट खटिएको टोलिले मंगलबार बीरगंज महानगरपालिका वडा नं. १६ भन्सार मेनगेट तथा बाँस झ्याङ्ग ईलाका बाट भन्सार छलि अबैध रुपमा भारतबाट नेपाल तर्फ ल्याउदै गरेको रु. ७ लाख २१ हजार ६ सय ९० बराबरको किराना सामान, कस्मेटिक्स, लत्ताकपडा र मोटरपार्टस बरामद गरी आवश्यक कार्वाहिको लागि बिरगंज भन्सार कार्यालय पर्सामा बुझाएको छ ।

यसै गरी आजै प्रस्तावित सीमा सुरक्षा गुल्म, विरगंज बाट नै खटिएको टोलिले भन्सार चेकप्वाईन्ट ईलाका बाट भारत बाट नेपाल तर्फ पैदल आउदै गरेकी पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका बस्ने एक महिलाले बोकेको झोला चेक जाँच गर्ने क्रममा निजले झोलामा लुकाई छिपाई ल्याउदै गरेको भारतिय रुपैया ५ सय दरको ३ सय १० थान बराबर रु. १ लाख ५५ हजार फेला परेको हुँदा उक्त भारतीय रुपैया सहित निज महिलालाई समेत नियन्त्रमा लिई आवश्यक कार्वाहिको लागि बिरगंज भन्सार कार्यालय, पर्सामा बुझाएको कुरा सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण मुख्यालय, पर्सा का गणपति सशस्त्र प्रहरी उपरिक्षक राधेश्याम धिमालले बताएका छन् ।