सशस्त्र प्रहरी बल पर्सा र बारा द्वारा नगद सहित पौने एक करोड बराबरको विभिन्न सामानहरु बरामद-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०५ मंसिर । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, बीरगंज तथा बीरगंज भन्सार कार्यालय को संयुक्त टोलीले बीरगंज महानगरपालिका वडा नं. १०, आदर्शनगर बाट लाखौं मूल्य बराबरको भन्सार छलेर राखेको किराना सामान र औषधि आफ्नो नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय, बर्दिबास को विशेष सूचनाको आधारमा शुक्रबार उल्लेखित प्रस्तावित सीमा सुरक्षा गुल्म का गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक पुरुषोत्तम भण्डारीको कमाण्डमा खटिएको टोली र वीरगन्ज भन्सार कार्यालय बाट नायब सुब्बा हफिजुल्ला अन्सारी सहितको संयुक्त टोलीले उल्लेखित वडा कार्यालयको दक्षिणपट्टी रहेको पुरानो घरमा भन्सार छलि चोरी पैठारी गरी भण्डारण गरी राखेको अन्दाजी मूल्य रु. ५४ लाख २८ हजार ६ सय बराबरको किराना समान तथा औषधि बरामद गरी आवश्यक कारवाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

त्यसै गरी सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा बाट खटिएको टोलीले विभिन्न स्थानमा गरी जम्मा रु. ३ लाख ३९ हजार १ सय ७५ बराबरको किराना सामान, कपडा तथा हार्डवेयरका सामानहरु बरामद गरी भन्सार कार्यालय, विरगंज बुझाएको छ ।साथै सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीको विशेष सुचना कै आधारमा सप्रबल नेपाल नं. १२ गण हे.क्वा. बाराले मंसिर ०३ गते बारा जिल्लाको विश्रामपुर गापा-४ बाट अवैध कारोबारको आशंकमा नेपाली रुपैयाँ १० लाख ८० र शुक्रबार बारा जिल्ला कै विश्रामपुर गापा-४ बाट नै अवैध कारोबारको आशंकमा नेपाली रुपैयाँ ६ लाख १५ हजार गरि जम्मा रु. १६ लाख ९५ हजार बरामद गरी बीरगंज भन्सार कार्यालयमा बुझाइएको छ ।

यसै गरी मंसिर ०३ गते सप्रबल नेपाल, प्र.सि.सु.गुल्म वीरगञ्जले बी.म.न.पा. वडा नं.- १६, भन्सार मेनगेटबाट नेपाली रुपैया रु. ३ लाख बरामद गरी भन्सार कार्यालय बुझाईएको थियो । यहि मंसिर ०३ र ०५ गतेको गरी अवैध रकम मात्र जम्मा १९, लाख ९५ हजार बरामद भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल पर्साले आफ्ना टोली परिचालनलाई चुस्त बनाउँदै अवैध चोरी तस्करी गरी ल्याएका विभिन्न सामानहरु बरामद गर्ने कार्यलाई तिव्रता दिई सीमा क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रण गरी राजश्व अभिबृद्धि गर्ने कार्यमा महत्वपुर्ण भुमिका खेल्दै आईरहेको छ ।

सशस्त्र प्रहरी बल नेपालले खुला सीमा ईलाकाको फाईदा उठाउदै हुने अवैध रकम ओसारपसार गर्ने कार्यलाई समेत निरुत्साहन गर्न विशेष कदम चाल्दै आईरहेको छ । सीमा क्षेत्रमा हुने अवैध चोरी तस्करी, लागु औषध ओसारपसार, अवैध रकम ओसार पसार, अवैध हातहतियार ओसारपसार जस्ता सीमा अपराधलाई नियन्त्रण गर्ने कार्यमा सशस्त्र प्रहरी बल नेपाल, नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय तथा बाहिनी अन्तर्गत रहेको जिल्लामा रहेका सप्रबल नेपालका ईकाईहरुले अहम् भुमिका निभाउदै आईरहेको छ ।

स.प्र.बल, नेपाल नं. १३ गण हे.क्वा.का गणपति पुरन चन्द्र भट्टले सीमावर्ती ईलाकाको प्रयोग गरी हुने अवैध चोरी निकासी तथा पैठारीलाई पूर्ण रुपमा निरुत्साहित गर्न कुनै पनि कसर बाँकी नराख्ने र आगामी दिनमा सीमावर्ती समुदायमा समृद्ध राष्ट्र निर्माणको लागि राजश्वको भुमिका तथा उक्त कार्यमा सीमावर्ती नागरिक, सशस्त्र प्रहरी बल, नेपाल र अन्य सरोकारवाला निकायबीचको सहकार्य विषयमा जनचेतनामुलक कार्यक्रमहरु अभियान कै रुपमा संचालन गरिने समेत बताउनु भएको छ ।

  • Bishnu Timalsina

    Related Posts

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-११ स्थित डब्लु डब्लु…

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    काठमाडौं, ०९ जेठ । पर्साका वरिष्ठ पत्रकार यस अनलाईन का मधेश प्रदेश व्यूरो प्रमुख एवं सार्क पत्रकार मञ्च अन्तर्राष्ट्रिय का नेपाल च्याप्टर सदस्य दीपेन्द्र प्रजापति लाई मातृशोक परेको छ ।…

    पहिलो

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    • May 26, 2026
    • 24 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा

    • May 26, 2026
    • 19 views
    घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा

    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    • May 25, 2026
    • 46 views
    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    • May 25, 2026
    • 34 views
    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    • May 25, 2026
    • 48 views
    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 194 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-