
दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, ०४ बैशाख । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश पोखरिया ले विशेष सूचनाको आधारमा बुधबार राति करिब ११:०० बजेको समयमा भारी मात्रामा प्रतिवन्धित लागु औषध चरेस बरामद गरेको छ ।
उक्त राति त्यहाँ बाट सशस्त्र प्रहरी नायब उपरीक्षक महेन्द्र सिंह थापाको नेतृत्वमा खटीएको टोलीले पर्सा जिल्लाको पोखरिया नगरपालिका वडा नं. ०८, मननपुर स्थित बाँसको झ्याङ्गमा २ वटा झोला भित्र लुकाई छिपाई राखेको २४ के. जी. ५ सय ग्राम चरेश नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि ईलाका प्रहरी कार्यालय, पोखरीया, पर्सामा बुझाईएको कुरा आज सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा का सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र बहादुर सिंहले बताएका छन् ।