दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ११ साउन । सशस्त्र प्रहरी बल नेपाल नं १३ गण मुख्यालय, पर्सा ले आज बिहान करिब १०:५० बजेको समयमा पर्सा जिल्लाको बिन्दावासिनि गाउँपालिका वडा नं. ०५, हँसवा स्थित बाट पाडा र भैंसी पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा त्यहाँ बाट खटिएको सशस्त्र प्रहरी वल नेपालको टोलीले भारत बाट अबैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको अंदाजी मुल्य रु. ७ लाख बराबरको १५ वटा भैसी र ११ वटा पाडा गरि जम्मा २६ वटा नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी आजै बीरगंज भन्सार कार्यालय, पर्सा मा बुझाईएको कुरा गणपति सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया ले बताएका छन् ।