विष्णु गिरी ‘निश्चल’
काठमाडौँ, १९ माघ । वातावरण संरक्षणमा जनचेतना जगाउने उद्देश्यसहित मोरङ जिल्ला उर्लाबारी नगरपालिका बडा न ३ मङ्लबारेमा युवा सन्तोष गिरीले मेची–महाकाली साईकल यात्रा पूरा गरेका छन् । भण्डै एक महिनामा साइकल यात्रा पूरा गरेको सन्तोषको टिमले आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्य समेत राखेको थियो ।
मानवता बचाऊँ भन्ने अभियानसाथ जहाँ–जहाँ साईकल यात्रामा पुगे त्यहाँ त्यहाँको स्थानिय निकाय, स्थानीय संघसंस्थाको समन्वयमा रक्तदान कार्यक्रमको पनि आयोजना गरे । जसलाई नेपाल रेडक्रस सोसाईटीले पनि सहयोग गरेको थियो । सन्तोषको टोली विश्व साईकल यात्री अजित बराल अनि सन्देश सुवेदीको टोलीले साईकल यात्रा गरेको हो ।
सूचना प्रवधिका विद्यार्थी रहेका सन्तोषले हेराल्ड कलेज, नक्सालबाट आईटीमा स्नातक समेत गरेका छन् । नेपालमा विभिन्न भौगोलिक, राजनीतिक, पर्यटकीय तथा सांस्कृतिक क्षेत्रलाई प्रर्वदन गर्ने साईकल यात्रा उद्देश्य रहेको सन्तोष भनाइ छ । मेची–महाकाली साईकल यात्राको सफलता पछि पनि सन्तोषले आई डेर नो ड्रग भन्ने कार्यक्रममा सहभागि हुन् काठमाडौँदेखि पोखरासम्म साईकल यात्रा गरे त्यस्तै सेभ ग्लोबल वामिङ भन्दै काठमाडौ चितवन हुदै हेटौडा सम्म साईकल मै पुगे र बीच बीचमा बृक्षारोपण समेत गरे । सन्तोषले बाताबरण संरक्षणको लागि भन्दै काठमाडौबाट बनेपा काशिभञ्जयाङसम्म साईकल यात्रा गरेर दर्जनौँ बिरुवा रोप । सो क्रममा निम एभोकार्डो, वर–पिपललगायतका बिरुवा रोपे ।
आन्तरिक पर्यटन प्रवद्र्धनमा साईकल पर्यटनको विकास गर्ने सन्देश दिन पनि साईकल यात्रा गर्ने गरेको सन्तोष भनाइ छ । नेपालमा साईकल चलाउनेहरुलाई गरिव हो भनेर सोच्नु वा आर्थिक हैसियत कमजोर भएकाहरुले मात्रै साईकल चलाउँछन् भन्ने चिन्तन रहनु गलत बुझाई भएको सन्तोषको भनाइ छ ।
समाजको लागि केही गर्नु पर्छ भन्ने हुटहुटी भएका सन्तोषले जव अजित बराल भटे त्यसपछि उनलाई साईकल यात्राको माध्यमबाट पनि समाजलाई सकारात्मक सन्देश प्रवाह गर्न सकिने ठानेर साईकल यात्रामा जुटेको बताए । मेची–महाकाली साईकल यात्राको क्रममा सन्तोषको टिमले साईकल यात्रा मात्र गरेन स्थानीय संघसंस्था र रेडक्रसको सहयोगमा एक दर्जनभन्दा बढी स्थानमा रक्तदान कार्यक्रमको आयोजना गरी ५५८ युनिट रगत जम्मा गरे । जुन संकलित रगतबाट सयौँको जीवन समेत बचाउन सकिएको सन्तोषको भनाई छ ।
यात्राका क्रममा उनीहरुले विर्तामोड, दमक, उर्लाबारी, धरान, जनकपुर, हेटौडा, बुटवल, कपिलवस्तु, दाङ, तुल्सीपुर, नेपालगञ्ज, महेन्द्रनगरलगायतका विभिन्न शहरमा रक्तदान कार्यक्रम गरेका थिए ।
दुर्घटनामा रगतको अभावमा धैरेले ज्यान गएको कुरालाई मध्यनजर गदै रक्तदान कार्यक्रमलाई पनि साईकल यात्रासँगै जोडेर लगेको सन्तोषको भनाइ छ । रक्तदान यात्राको सफलता र गिरीको सकारात्मक प्रभाव पार्ने निरन्तरको प्रयासले धेरैलाई प्रेरित गरेको छ ।
सन्तोषका अनुसार साईकल चलाउँदा वातावरण प्रर्दशन नहुने, पेट्रोल नचाहिने हुँदा पैसा पनि वचत हुने तथा मानिसको स्वास्थ्य पनि राम्रो हुन्छ । साइकलमा नेपालको राष्ट्रिय झण्डा बोकेर राष्टिय एकताको सन्देश समेत प्रबाह गरेको साइकल यात्री गिरीको भनाई छ । साइकल यात्रामा निस्किएका सन्तोषले अरुले सजिलै प्राप्त गर्न नसक्ने सफलता र अनुभव हात पारेका थिए । आफ्नो छुट्टै र आकर्षक परिचय बनाएका उनले आफूले जुन कार्य गरेपनि साईकल यात्रालाई भने कहिल्यै नछोडने बताए ।
नेपाल ओलम्पीक कमिटी साईकिलिङ प्लेयरको परिचय पत्र समेत पाएका सन्तोषले युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषद्अन्तर्गत प्रदेश युवा क्लव संञ्चालका सदस्य समेत हुन् । सन्तोषको बिहानीको यात्रा साइकलबाट सुरु हुन्छ । नेपालका लागि साइकल यात्री तथा सामाजिक अभियन्ताका रुपमा परिचित सन्तोषको धेरैजसो साइकल यात्रीसँग सम्बन्ध पनि बनाएका छन् ।
पछिल्लो समय उनी पर्यटन प्रवद्र्धनमा पनि त्यत्तिकै सक्रिय छन् । सबैलाई साइकल चढ्न उनी आह्वान पनि गर्छन् । अहिलेको काठमाडौँको समस्या विषाक्त वायु प्रदुषण, ध्वनी प्रदुषण, भयाभह सडक दुर्घटना, विकराल ट्राफिक जाम यी यावत समस्याले समाधान साईकल यात्राले मात्र समाधान गर्न सक्ने सन्तोषको बुझाई छ । गाउँमा होस् या सहरमा साइकल संस्कृतिको विकास गर्नुपर्ने आवश्यकता रहेको सन्तोषको भनाइ छ । यसमा सरोकारवाला सबै अग्रसर भएर लाग्न आवश्यक रहेको उनको जोड छ । शहरलाई स्वस्थ बनाउन शहरलाई सुन्दर बनाउने आन्दोलन हो’ उनले भने, ‘यो साइकल ¥याली मात्र होइन । साइकल मैत्री शहरको परिकल्पनामा जोड दिनु अहिलेको आवश्यकता हो यसले मानव स्वास्थ्य मात्र हैन वातावरण प्रदूषणलाई समेत कम गराउँछ ।
सन्तोषलगायतको टिमको साईकल अभियान सफल बनाउन नेपाल रेडक्रस सोसाईट, नेपाल प्रहरी, पेन्क कस्टम, कान्तिपथ साईकल सोसाईटीका विभिन्न स्थानका कमिटिहरु स्थानीय क्लव संघसंस्था तथा आम सर्वसाधारणको सबैको साथ रहेको थियो ।