सागर डिस्टिलरीको सर्बसाधारणका लागि आइपिओ भाद्र २५ देखि खुल्दै

काठमाडौँ । सागर डिस्टिलरी लिमिटेडले भाद्र २५ गतेदेखि सर्वसाधारणका लागि आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गर्ने भएको छ । कम्पनीले प्रति युनिट १०० रुपैयाँको मूल्यमा ११ लाख ९० हजार ६४० कित्ता शेयर जारी गर्दैछ । आईपीओको आवेदन दिने अन्तिम मिति छिटोमा भाद्र २९ गते र ढिलोमा आश्विन ८ गतेसम्म हुनेछ ।

कम्पनीको जारी पूँजी ७२ करोड ६० लाखको २० प्रतिशत अर्थात १४ करोड ५२ लाख बराबरको १४ लाख ५२ हजार कित्ता शेयर जारी गर्न अनुमति पाएकोमा यसको १० प्रतिशत अर्थात् एक लाख ४५ हजार २०० इकाई शेयर यसअघि नै विदेशमा काम गर्ने नेपाली नागरिकहरूलाई बाँडफाँड गरिसकिएको छ । जसमा ३ प्रतिशत अर्थात् ४३ हजार ५६० इकाई, कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ र कुल प्रस्तावित शेयरको ५ प्रतिशत अर्थात् ७२ हजार ६०० इकाई, म्युचुअल फन्डहरूको लागि छुट्याइएको छ । यसबाट बाँकी रहेको ११ लाख ९० हजार ६४० इकाई शेयर  सर्वसाधारणका खोल्न लागिएको हो ।

मुक्तिनाथ क्यापिटल लिमिटेडलाई आईपीओ निष्कासनको लागि निष्कासन प्रबन्धकको रूपमा नियुक्त गरिएको छ । शेयर आवेदन दिदा न्यूनतम १० इकाई र अधिकतम १० हजार इकाईका लागि आवेदन दिन सकिन्छ ।

इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेड (इन्फोमेरिक्स नेपाल) ले बि प्लस रेटिंग तोकेको छ । यो मूल्याङ्कन भएका संस्थाहरूलाई समयमै आफ्नो वित्तीय दायित्व पूरा गर्न डिफल्टको उच्च जोखिम बोक्ने मानिन्छ ।

२०१४ मा स्थापित र मे २१, २०२३ मा सार्वजनिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको सागर डिस्टिलरी लिमिटेडले भोड्का, ह्विस्की र जिन जस्ता मदिरा उत्पादन गरिरहेको छ । ५० लाख लिटरको वार्षिक उत्पादन क्षमता भएको कम्पनिका उत्पादनहरूमा लालीपप (विभिन्न स्वादहरू), रोयल ब्लू, ग्रे वुल्फ, बेरी र ब्लूज, र नेप्से बुल्स जस्ता रहेका छन् । कम्पनीमा सन्दीप जालानको १७.४८ प्रतिशत, आशुतोष खेतानको १९.०८ प्रतिशत र सुश्री अलका गोयलको १५.१० प्रतिशत शेयर रहेको छ ।

  • Related Posts

    नेवाः पत्रकार राष्ट्रिय दबू द्वारा १० देशमा विदेश शाखा प्रमुख नियुक्त-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, २४ जेठ । देशभरका नेवार पत्रकारहरूको साझा संस्था नेवाः पत्रकार राष्ट्रिय दबू ले विश्वभर रहेका नेवार सञ्चारकर्मीलाई एकताबद्ध गर्ने उद्देश्यसहित १० देशका लागि विदेश शाखा…

    नेशनल मेडिकल कलेजको सहयोगमा सखुवा प्रसौनीमा स्वास्थ्य शिविर, ४ सय ८२ लाभान्वित तथा सहकार्य सम्झौता सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २४ जेठ । पर्साकाे सखुवाप्रसाैनी गाउँपालिका वडा न. २ श्रीपुर पञ्चगावामा नि:शूल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे छ । सखुवा प्रसौनी गाउँपालिका, पर्साको समन्वय, पर्सा ख्रिष्टियन…

    पहिलो

    नेवाः पत्रकार राष्ट्रिय दबू द्वारा १० देशमा विदेश शाखा प्रमुख नियुक्त-

    • June 7, 2026
    • 85 views
    नेवाः पत्रकार राष्ट्रिय दबू द्वारा १० देशमा विदेश शाखा प्रमुख नियुक्त-

    नेशनल मेडिकल कलेजको सहयोगमा सखुवा प्रसौनीमा स्वास्थ्य शिविर, ४ सय ८२ लाभान्वित तथा सहकार्य सम्झौता सम्पन्न-

    • June 7, 2026
    • 51 views
    नेशनल मेडिकल कलेजको सहयोगमा सखुवा प्रसौनीमा स्वास्थ्य शिविर, ४ सय ८२ लाभान्वित तथा सहकार्य सम्झौता सम्पन्न-

    घटनाको २५ वर्ष पछि पक्राउ परे, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी-

    • June 7, 2026
    • 67 views
    घटनाको २५ वर्ष पछि पक्राउ परे, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी-

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    • June 5, 2026
    • 57 views
    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन  खिलराज रेग्मीको सुझाव

    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    • June 5, 2026
    • 39 views
    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    • June 5, 2026
    • 45 views
    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन