दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, १९ भदौ । जिल्ला प्रहरी कार्यालय, पर्सा ले आईतबार मध्यान्ह १२:०० बजेको समयमा श्रोत नखुलेको रु. ७ लाख नगद सहित एक जना हुँडी कारोबारीलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

विषेश सूचनाको आधारमा त्यहाँ बाट प्रहरी निरीक्षक प्रज्वल थपलियाको कमाण्डमा खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नं. १६ शंकराचार्य गेट स्थित सडक खण्डमा भारतको सिमावर्ती बजार रक्सौल बाट वीरगञ्ज तर्फ ना. २८ प २८९० नम्बरको रातो रंगको महेन्द्रा मोटरसाईकल रोकी चेकजाँच गर्दा बारा जिल्लाको जितपुर सिमरा उप महानगरपालिका वडा नं. ०७ बस्ने वर्ष ५० को हरिनारायण प्रसाद कुर्मीले मोटरसाइकल को सिटमुनी तथा ट्याङ्कीमा लुकाई छिपाई राखेको श्रोत नखुलेको नेपाली रू. ७ लाख फेला परेको हुँदा उक्त रकम बरामद गरी उल्लेखित नम्बरको मोटरसाइकल सहित हरिनारायण प्रसाद कुर्मीलाई नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको कुरा पर्सा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताएका छन् ।