दीपेन्द्र प्रजापति/कालो झोला ।

काठमाडौं, २४ मंसिर । दक्षिण एसियाली श्रमजीवि पत्रकारहरुको साझा मञ्च सार्क जर्नालिष्ट फोरम नेपाल च्याप्टरले पत्रकार प्रकाश सिलवालको नेतृत्वमा ११ सदस्यीय सचिवालय गठन गरेको छ ।

फोरमका अध्यक्ष राजु लामाको प्रमुख आतिथ्यता र नेपाल च्याप्टरका संयोजक प्रकाश सिलवालको अध्यक्षतामा शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

निर्णय अनुसार सचिवालयमा अध्यक्ष प्रकाश सिलवाल, संगठन विभाग प्रमुखमा रूपेश आचार्य, प्रचार प्रसार विभागमा रत्नकाजी महर्जन, आर्थिक विभागमा सुरेन्द्रभक्त श्रेष्ठ रहने र अन्य सदस्यहरुमा कविता थापा, नृपेन्द्रलाल श्रेष्ठ, सुनिल महर्जन र माधव तिवारी रहेका छन् । बाँकी पाँच सदस्य पछि नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले भारतको राजधानी नयाँ दिल्लीमा आगामी आगामी जनवरी १० देखि ११ सम्म आयोजना हुने सार्क जर्नालिजम कन्फ्रेन्समा नेपालका तर्फबाट सक्रीयता पुर्वक भागलिने र त्यसका लागि आवश्यक संयोजन र पुर्वतयारी गर्ने निर्णय समेत गरेको छ ।

बैठकले नेपाल च्याप्टरको संस्थागत सबलीकरणका लागि श्रोतको पहिचान र परिचालन गर्ने निर्णय समेत गरेको छ ।