दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १३ भाद्र । सार्क शिक्षा पुरस्कारको तयारी अन्तिम चरणमा पुगेको छ । शिक्षाालयका सम्पादक तथा आयोजक श्याम तण्डुकारले सार्क शिक्षा पुरस्कारको तयारी अन्तिम चरणमा पुगेको र अवार्ड समारोह आयोजना गर्न तयार रहेको जानकारी दिनुभयो । शिक्षाालयले सार्क पत्रकार मञ्च र रोटरी क्लब अफ दार्जिलिङ सँगको सहकार्यमा सेप्टेम्बर ०९, २०२३ मा भारतको पश्चिम बंगालको सेन्ट जोसेफ स्कूल नर्थ प्वाइन्ट दार्जिलिङमा सार्क शिक्षा पुरस्कारको आयोजना गर्दैछ ।

कार्यक्रममा नेपालका २० भन्दा बढी शैक्षिक उद्यमी सहभागी हुने र सेप्टेम्बर १० मा सेन्ट जोसेफ स्कुलको भ्रमण गरी अनुभव बाँड्ने जानकारी तन्डुकारले दिएका छन् । कार्यक्रममा सार्क क्षेत्रका पत्रकार र शिक्षाकर्मीको उपस्थिति रहने छ । कार्यक्रममा सार्क पत्रकार मञ्चका, अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामा, नेपालबाट एसजेएफ नेपालका अध्यक्ष प्रकाश सिलवाल, एसजेएफका अन्तर्राष्ट्रिय महासचिव मोहम्मद अब्दुर रहमानले बंगलादेशको टोलीको नेतृत्व गर्ने तण्डुकारले जानकारी दिएका छन् ।

कार्यक्रममा भारतबाट एसजेएफ कार्यकारिणी सदस्य स्मिता मिश्रा, एसजेएफ इन्डिया च्याप्टरका अध्यक्ष अनिरुद्ध सुधासु, राजस्थान बाट गरिमा श्रीवास्तव, एसजेएफ बिहार च्याप्टरका अध्यक्ष शशि भूषण लगायत एसजेएफका अन्य नेता तथा सदस्यहरुको पनि उपस्थिति रहनेछ । आयोजक तथा शिक्षा पत्रिकाका सम्पादक तथा सार्क पत्रकार मञ्चका नेता श्याम तण्डुकारले कार्यक्रममा सार्क क्षेत्रका सबै शैक्षिक तथा पत्रकार सहभागीहरु लाई स्वागत गर्न आफू तयार रहेको बताउनु भयो र कार्यक्रम सफल हुने विश्वास पनि व्यक्त गरेका छन् ।

तण्डुकारले सार्क शिक्षा अवार्डको हिस्सा बन्न दार्जिलिङमा सेप्टेम्बर ०८ तारिख सम्म सबै सहभागीहरूलाई पुग्न पनि आग्रह गरेका छन् । सार्क शिक्षा पुरस्कार शैक्षिक उद्यमी र शैक्षिक पत्रकारहरूका लागि शैक्षिक, सार्क पत्रकार मञ्च र रोटरी क्लब अफ दार्जिलिङले संयुक्त रूपमा प्रदान गर्ने ऐतिहासिक पहिलो पुरस्कार हो ।