सीएफआरडीको सहयोगमा विश्रामपुरको दुई वटा विद्यालयमा १ सय ६० साईकल वितरण, विद्यार्थीहरु हर्षित-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बारा, १८ फागुन । चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्ट (सीएफआरडी) को सहयोगमा बाराको विश्रामपुर गाउँपालिका वडा नं. ३ र ४ का दुई वटा विद्यालयहरुमा साईकल वितरण गरेको छ ।

अन्तर्राष्ट्रिय साइकल परियोजना अन्तर्गत आईतवार बारा जिल्लाको विश्रामपुर गाउँपालिका वडा नं. ०३, मुसहर्वा टोल स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्यनरत ८० जना बिद्यार्थी र वडा नं. ०४, वलिरामपुर स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्यनरत ८० जना विद्यार्थी गरी १ सय ६० जना विद्यार्थीहरुलाई साइकल वितरण गरिएको छ ।

मधेश प्रदेशका ९ वटा सामुदायिक विद्यालयमा १ हजार विद्यार्थीहरुलाई एक-एक थान साईकल वितरण गर्ने उदेश्य अनुरुप आईतवार १ सय ६० जना विद्यार्थीहरुलाई साइकल वितरण गरिएको आयोजकले जनाएको छ ।सो साइकल वितरण कार्यक्रमले ग्रामीण क्षेत्रका बालबालिकाको शिक्षामा सहज पहुँचका साथै यातायातका चुनौतीहरूलाई सम्बोधन हुने विश्वास व्यक्त गरिएको छ ।

श्री नेरामावि मुसहर्वामा विश्रामपुर–०३ का वडाध्यक्ष शिवचन्द्र प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रधानाध्यापक जुगुल किशोर साह, शिक्षक शिक्षिका, विद्यार्थी एवं अभिभावकहरुको सहभागिता रहेको थियो ।

यसै गरी नेरामावि बलिरामपुरमा बिद्यालय व्यवस्थान समितिका अध्यक्ष पतिलाल साहको अध्यक्षतामा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि वडा नं. ०४ का वडाध्यक्ष किसोरी साह, यसै गरी पुर्व वडा अध्यक्ष मदन प्रसाद यादव, विशिष्ट अतिथि चाईना फाउन्डेसन फर रुरल डेभलपमेन्टका कबिता नेपाल, कृतिसा श्रेष्ठ, पिंकी श्रेष्ठ, बारा जिल्ला निवासी डा. धन्नजय यादव, श्री नेरामावि बलिरामपुरका प्रधानाध्यापक आनन्द कुमार गुप्ता लगायतको उल्लेखनिय सहभागिता रहेको थियो ।

सो कार्यक्रमका प्रमुख अतिथि एवं प्रधानाध्यापकहरुले कार्यक्रमको प्रशंसा गर्दै “यो सहयोगले विद्यार्थीहरूलाई नियमित रूपमा र समयमै कक्षाहरूमा उपस्थित हुन, शैक्षिक कार्यसम्पादन र समग्र सिकाइ नतिजामा सुधार गर्न सहयोग पुग्ने बताएका थिए ।

दुई वटै स्कूलमा आयोजित साईकल वितरण कार्यक्रममा वक्ताहरुले आयोजक संस्थालाई धन्यबाद दिदै आउने दिनहरुमा पनि यो स्कूललाई प्राथमिकतामा राखी स्कूललाई सहयोग गर्न आग्रह समेत गरेका थिए । लामो दुरीबाट अध्ययन गर्न आउने विद्यार्थीहरु लाभान्वित हुने उदेश्यले गरिएको यो कार्यक्रमबाट विद्यार्थीहरु निकै हर्षित देखिएका थिए ।

  • Bishnu Timalsina

    Related Posts

    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ११ असार । देशभरका स्थानीय तहहरूमा असार १० गते नगरसभा तथा गाउँसभा सञ्चालन भइरहेका बेला बीरगंज महानगरपालिकाले आफ्नो २० औँ अधिवेशन सम्पन्न गर्दै आगामी आर्थिक…

    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, १० असार । सशस्त्र प्रहरी बल नेपाल बी. ओ. पी. भिखमपुर ले मंगलबार पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नं. ०१, पाण्डेपुर स्थित सीमा ईलाकामा भारतबाट…

    पहिलो

    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    • June 24, 2026
    • 85 views
    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    • June 24, 2026
    • 51 views
    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    • June 24, 2026
    • 78 views
    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    पर्सा प्रहरी द्वारा प्रतिबन्धित लागु औषध सहित ट्रक र चालक नियन्त्रण-

    • June 23, 2026
    • 87 views
    पर्सा प्रहरी द्वारा प्रतिबन्धित लागु औषध सहित ट्रक र चालक नियन्त्रण-

    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    • June 21, 2026
    • 115 views
    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-

    • June 21, 2026
    • 102 views
    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-