दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १९ चैत । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, बीरगंजले आज बीरगंज महानगरपालिका वडा नं. ०७, रेल्वे रोड बाट लाखौंको सामानहरू बरामद गरेको छ ।

आज बिहान त्यहाँ बाट बाट खटिएको गाडी मोबाईल टोलीले अबैध रुपमा भारतबाट भन्सार छलि ल्याई गाडिमा लोड गर्ने क्रममा गाडि मोबाईल टोलिलाई देखी सामान सोहि स्थानमा छाडि ब्यक्तिहरु भागि गएको हुदाँ उक्त सामान चेकजाच गर्दा कुनै किसिमको कागजात तथा प्रज्ञापन पत्र नभएकोले मुल्य रु. ८ लाख ४० हजार बराबरको कुर्ता सुरुवाल ८५ सेट, टप्स ७ सय ५० पिस, जुत्ता ७६ जोर, काजु २ सय ३० के. जी. रहेको छ ।

यसै गरी बीरगंज महानगरपालिका कै वडा नं. १६, भन्सार मेनगेट नजिक बाट अबैध रुपमा भारत बाट बिभिन्न सवारी साधनमा लोड गरि नेपालतर्फ ल्याउदै गरेको मुल्य रु.१ लाख २२ हजार ७ सय २० बराबरको कपडा छाडि ब्यक्ति भागि गएको हुदाँ उक्त सामान बरामद गरी आवश्यक कारवाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाईएको कुरा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्प्रयालय , पर्सा का सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र सिंहले बताएका छन् ।

साथै बीरगंज महानगरपालिका कै वडा नं. ३१, भेडियाहि बाँस झाङ बाट सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश, वेलवा बाट र सब डिभिजन वन कार्यालय, सबैया बाट खटिएको संयुक्त टोलिले अबैध रुपमा जंगलबाट कटान गरि ल्याई २ जना ब्यक्तिहरुले १ वटा सालको गोलिया चिरान गरि रहेको अबस्थामा मुल्य रु. ५० हजार बराबरको २० क्यु. फिट सालको गोलिया, आरा र निज २ जना ब्यक्ति सहित नियन्त्रणमा लिई आवश्यक कारवार्हीको लागि सब डिभिजन वन कार्यलय, सबैयामा बुझाईएको कुरा पनि सूचना अधिकारी सिंहले बताएका छन् ।