‘स्टार्टअप’का कार्यक्रम महिलालाई लक्षित गरेर अघि बढाउनुपर्छ: मुख्यमन्त्री सिंह

पर्सा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले ‘स्टार्टअप’ तथा नवउद्यमीलाई प्रोत्साहन गर्ने नीति प्रदेश सरकारको रहेको जानकारी दिएका छन् ।

आज आयोजित ‘स्टार्टअप तथा नवउद्यमी सम्मेलन, मधेस प्रदेश २०२४’ कार्यक्रममा उनले नयाँ सोच र विचारसहित आएका नवउद्यमीलाई प्रोत्साहन गर्ने खालका नीति र कार्यक्रम अघि सारेको बताए ।

“नेपालका अधिकांश पुरुष काम वा अध्ययनका क्रममा विदेशमा रहेकाले पनि स्टार्टअपका कार्यक्रम महिलालाई लक्षित गरेर अघि बढाउन जरुरी देखिएको छ”, उनले भने, “महिलालाई नवउद्यमशीलतामा अघि बढाउन सकेको खण्डमा सकारात्मक प्रभाव पार्न पनि सकिन्छ ।” मुख्यमन्त्री सिंहले ‘स्टार्टअपमा आधारित व्यवसाय सुरु गर्दा नाफा मात्र नभई घाटा पनि हुने बताए । “स्टार्टअप सुरु गर्ने बित्तिकै सफलता हात पार्न सकिन्छ भन्ने हुँदैन”, उनले भने, “स्टार्टअप गर्दाका भएका गल्ती र कमजोरीबाट सिकेर अघि बढ्न सके मात्रै अपेक्षाकृत नतिजा हात पार्न सकिन्छ ।”

नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेश स्टार्टअप समिति, मधेस सरकार र औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको संयुक्त आयोजनामा भएको ‘स्टार्टअप तथा नवउद्यमी सम्मेलन, मधेस प्रदेश २०२४ कार्यक्रममा स्टार्टअपसँग सम्बन्धित करिब चार सयभन्दा धेरै सहभागी रहेका छन् ।

मधेस प्रदेश उद्योग वाणिज्य तथा पर्यटनमन्त्री सकिल अलि मियाँ अन्सारीले स्टार्टअप व्यवसायकै माध्यमबाट मधेस प्रदेशको आर्थिक विकास र रोजगारी सिर्जना गर्न सक्ने बताए । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले स्टार्टअपसँगसम्बन्धी नयाँ सोच र भिजन लिएर आउने युवालाई सधैँ प्रोत्साहन गर्ने बताए ।

गुगल इन्डियाका स्टार्टअप प्रमुख अपूर्व चामरियाले स्टार्टअपको मार्केट विश्वव्यापी भएकाले सोहीअनुरूपमा नयाँ सोचको विकास गर्नुपर्ने बताए । “जहाँ समस्या हुन्छ । त्यहाँ नयाँ स्टार्टअपको जन्म पनि हुने गर्छ”, उनले भने, “समस्या भएको ठाउँमा स्टार्टअपका माध्यमबाट नयाँ विजनेसको सुरुआत पनि गर्न सकिन्छ ।”

नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष अशोककुमार टेमानीले मधेस प्रदेशमा स्टार्टअपको विकास गर्नका लागि सम्मेलन आयोजना गरेको बताए । “मधेस प्रदेशमा अथाहा सम्भावना रहेका छन् । ती सम्भावनालाई अवसरमा बदल्नका लागि यो कोशेंगा साबित हुने आशा गरेका छौँ”, उनले भने, “स्टार्टअप कार्यक्रमले नयाँ सोच भएका युवा र लगानीकर्ताबिच सेतुको काम गर्ने अपेक्षा राखेका छौँ ।”

नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेश स्टार्टअप समितिका संयोजक अनुप अग्रवालले राज्यले स्टार्टअपका नयाँ सोच लिएर आएका युवालाई सहुलियत कर्जा र बिना धितो ऋण प्रवाह गर्ने वातावरण बनाउनुपर्ने धारणा राखे ।

  • Related Posts

    अर्थसचिव पाण्डेको जिम्मेवारी खोसियो

    भौतिक पूर्वाधार मन्त्रालय र अर्थ मन्त्रालयबीच समन्वय नहुँदा रातारात योजना काट्नु परेको भन्दै मुख्यमन्त्री पाण्डे सचिवमात्रै होइन, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसी र अर्थमन्त्री डा टकराजसँग रुष्ट समेत…

    आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गरौँ

    सांसदहरूको प्रस्ताव स् आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गरौँकाठमाडौँ । प्रहरी महानिरीक्षक आईजीपी लाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गर्न सांसदहरूले प्रस्ताव गरेका छन् । संसद्को राज्य व्यवस्था तथा…

    पहिलो

    बिरगंज न्युरो एण्ड जेनेरल हस्पिटलमा आधुनिक सीटी स्क्यान मेसिन सञ्चालन-

    • July 15, 2025
    • 108 views
    बिरगंज न्युरो एण्ड जेनेरल हस्पिटलमा आधुनिक सीटी स्क्यान मेसिन सञ्चालन-

    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    • July 12, 2025
    • 144 views
    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    • July 10, 2025
    • 126 views
    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    • July 10, 2025
    • 110 views
    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    • July 10, 2025
    • 123 views
    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-

    • July 8, 2025
    • 134 views
    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-