दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०६ साउन । स्वतन्त्र मानव अधिकार समाज केन्द्रिय कार्यालय, वीरगंजले आज शनिवार एक कार्यक्रमका बिच निःशुल्क सुगर चेक जाँच शिविरको आयोजना स्थानीय अमरचौकमा गरेको थियो ।

प्रमुख अतिथी बीरगंज महानगरपालिका वडा नं. ०४ का वडा अध्यक्ष जगत साह कानुले चेक जाँच गराउनु भई कार्यक्रमको सुभारम्भ गर्नु भएको थियो । उक्त कार्यक्रममा नारायणी अस्पतालका फिजिसियन डा. निरज कुमार सिंह द्वारा चेक जाँच भएको शिविरमा ५३ महिला, ९४ पुरुष गरि जम्मा १ सय ४७ जनाले स्वास्थ्य सेवा लिएको समाजको सभापत्ति कृष्ण कुमार खनालले बताउनु भयो ।

समाजका सभापत्ति कृष्ण कुमार खनालको सभापतित्वमा भएको सो अवसरमा उप-सभापत्ति नन्दि किशोर यादव, महा सचिव दिपक साह कानु, कोषाध्यक्ष उर्मिला कुशवाहा, सचिव आशिष कुमार, केन्द्रिय सदस्यहरु संदिप चौरसिया, लालबाबु प्रसाद गुप्ता, निर्मला कुशवाहा, आशा देवी, सिता उप्रेती, विभा पराजुली, पुर्व महा सचिव ध्रुव अधिकारी तथा अन्य सर्वसाधारणहरु, बीरगंज जेसिसका पुर्व अध्यक्षहरु निशान्त लामिछाने, सन्तोष कुमार खनाल, एवं स्थानिय हिरा यादव, महेन्द्र यादव, सुमन कार्की, विशेस्वर कुशवाहा लगायतको सहभागिता रहेको थियो ।