स्वास्थ्य मन्त्रालयद्वारा न्युरो उपचार केन्द्रको सम्भाव्यता अध्ययन समिति गठन

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय न्युरो उपचार केन्द्र स्थापनाका लागि सम्भाव्यता अध्ययन समिति गठन गरेको छ ।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरीय निर्णयबाट ७ सदस्यीय समिति गठन गरेका हुन् । मस्तिष्क, मेरुदण्ड र स्नायु रोगका बिरामीहरूको संख्या बढ्दो क्रममा रहेको र यस्ता रोगीहरूको उपचारका लागि छुट्टै विशिष्टीकृत अस्पतालको आवश्यकता महसुस गरी यो पहल थालिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका सह-प्राध्यापक डा. गोपाल सेढाईंको संयोजकत्वमा गठित समितिमा वीर अस्पतालका डा. विनोद राजभण्डारी र डा. राजीव झा सदस्य रहेका छन् । यसैगरी नेप्लिज एसोसिएसन अफ न्यूरोलोजिष्ट र साइकियाट्रिक्स एसोसिएसन अफ नेपालका प्रतिनिधिहरू पनि समितिमा समावेश गरिएको छ ।

जाकोल्स स्कुल अफ मेडिसिन एन्ड बायोमेडिकल साइन्स अमेरिकाका सहप्राध्यापक डा. अमित कँडेल पनि समितिको सदस्य रहेका छन् भने स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका शाखा प्रमुख डा. पुष्पराज पौडेल सदस्य सचिवको जिम्मेवारीमा छन् ।

हाल नेपालमा सरकारी क्षेत्रमा मस्तिष्क, मेरुदण्ड र स्नायु रोगको उपचारका लागि छुट्टै विशिष्टीकृत अस्पताल छैन । निजी अस्पतालहरूमा उपचार महंगो हुने गरेकाले सर्वसाधारणको पहुँचमा सुविधा सम्पन्न सरकारी न्युरो उपचार केन्द्र स्थापना गर्न आवश्यक रहेको मन्त्रालयले जनाएको छ ।

  • Related Posts

    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    काठमाडौं, १४ वैशाख/नेपाल विद्युत प्राधिकरणले हाल विद्युत आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै देशभर विद्युत आपूर्तिमा कुनै लोडसेडिङ नरहेको स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार हाल देशभर विद्युतको…

    राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

    काठमाडौं — राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार ललितपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सभामुख…

    पहिलो

    सशस्त्र प्रहरी बल पर्सा द्वारा भारी मात्रामा लागु औषध बरामद-

    • May 20, 2025
    • 107 views
    सशस्त्र प्रहरी बल पर्सा द्वारा भारी मात्रामा लागु औषध बरामद-

    तुलसीपुर की उप मेयर चौधरी र बीरगंज का उप मेयर बीच भेंट वार्ता, न्यायिक समितिमा परेको मुद्दा बारे छलफल-

    • May 19, 2025
    • 137 views
    तुलसीपुर की उप मेयर चौधरी र बीरगंज का उप मेयर बीच भेंट वार्ता, न्यायिक समितिमा परेको मुद्दा बारे छलफल-

    सशस्त्र प्रहरी बल पर्सा द्वारा छपकैया बाट छापामारी गरि लाखौं को कपडा बरामद-

    • May 18, 2025
    • 101 views
    सशस्त्र प्रहरी बल पर्सा द्वारा छपकैया बाट छापामारी गरि लाखौं को कपडा बरामद-

    नेशनल मेडिकल कलेज द्वारा घडीर्वा पोखरी निर नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, सयौ बिरामीले गराए स्वास्थ्य परीक्षण-

    • May 15, 2025
    • 95 views
    नेशनल मेडिकल कलेज द्वारा घडीर्वा पोखरी निर  नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, सयौ बिरामीले गराए स्वास्थ्य परीक्षण-

    खैरो हिरोइन सहित पर्सामा एक जना मानिस पक्राउ-

    • May 15, 2025
    • 121 views
    खैरो हिरोइन सहित पर्सामा एक जना मानिस पक्राउ-

    इनर व्हील क्लब अफ बीरगंजको औपचारिक उद्घाटन सम्पन्न-

    • May 15, 2025
    • 89 views
    इनर व्हील क्लब अफ बीरगंजको औपचारिक उद्घाटन सम्पन्न-