स्वास्थ्य मन्त्रालयद्वारा न्युरो उपचार केन्द्रको सम्भाव्यता अध्ययन समिति गठन

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय न्युरो उपचार केन्द्र स्थापनाका लागि सम्भाव्यता अध्ययन समिति गठन गरेको छ ।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरीय निर्णयबाट ७ सदस्यीय समिति गठन गरेका हुन् । मस्तिष्क, मेरुदण्ड र स्नायु रोगका बिरामीहरूको संख्या बढ्दो क्रममा रहेको र यस्ता रोगीहरूको उपचारका लागि छुट्टै विशिष्टीकृत अस्पतालको आवश्यकता महसुस गरी यो पहल थालिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका सह-प्राध्यापक डा. गोपाल सेढाईंको संयोजकत्वमा गठित समितिमा वीर अस्पतालका डा. विनोद राजभण्डारी र डा. राजीव झा सदस्य रहेका छन् । यसैगरी नेप्लिज एसोसिएसन अफ न्यूरोलोजिष्ट र साइकियाट्रिक्स एसोसिएसन अफ नेपालका प्रतिनिधिहरू पनि समितिमा समावेश गरिएको छ ।

जाकोल्स स्कुल अफ मेडिसिन एन्ड बायोमेडिकल साइन्स अमेरिकाका सहप्राध्यापक डा. अमित कँडेल पनि समितिको सदस्य रहेका छन् भने स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका शाखा प्रमुख डा. पुष्पराज पौडेल सदस्य सचिवको जिम्मेवारीमा छन् ।

हाल नेपालमा सरकारी क्षेत्रमा मस्तिष्क, मेरुदण्ड र स्नायु रोगको उपचारका लागि छुट्टै विशिष्टीकृत अस्पताल छैन । निजी अस्पतालहरूमा उपचार महंगो हुने गरेकाले सर्वसाधारणको पहुँचमा सुविधा सम्पन्न सरकारी न्युरो उपचार केन्द्र स्थापना गर्न आवश्यक रहेको मन्त्रालयले जनाएको छ ।

  • Related Posts

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    विराटनगर । अविरल वर्षापछि आएको बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिका–१ र २ मा ठूलो क्षति पुर्‍याएको छ ।  दोभाने खोला, तमोर नदी तथा मध्यपहाडी राजमार्ग आसपासमा आएको बाढीले सडक,…

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    काठमाडौँ । महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासका अनुसार सडक ढलान योजनाको काम सम्पन्न भएपछि भुक्तानी गर्ने…

    पहिलो

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 163 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    • May 23, 2026
    • 47 views
    पाँचथरमा बाढी र पहिरो:  पुल र सर्वसाधारणका घरमा क्षति

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    • May 23, 2026
    • 39 views
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    मेजरलाई वेटर बनाएर चीनमा एलन मस्कको जासुसी 

    • May 23, 2026
    • 36 views
    मेजरलाई वेटर बनाएर चीनमा एलन मस्कको जासुसी 

    भारतमा १० दिनमा तेस्रो पटक बढ्यो पेट्रोल र डिजेलको मूल्य

    • May 23, 2026
    • 36 views
    भारतमा १० दिनमा तेस्रो पटक बढ्यो पेट्रोल र डिजेलको मूल्य

    ओलीलाई चेतावनी, आत्मसमीक्षा र पुनर्गठनको बाटो रोक्न नखोज्नु

    • May 23, 2026
    • 39 views
    ओलीलाई चेतावनी, आत्मसमीक्षा र पुनर्गठनको बाटो रोक्न नखोज्नु