हरेक मतदाताको राजनीतिक पक्षधरता पत्ता लगाउँदै एमाले

काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले हरेक मतदाताको राजनीतिक आबद्धता विवरण संकलन गर्ने तयारी गरेको छ ।

राजनीतिक शक्ति सन्तुलन पत्ता लगाउन हरेक घरको मतदाता विवरण र तिनको राजनीतिक आबद्धता संकलन गर्ने तयारी गरेको हो । आगामी चुनाव-०८४ मा निर्णायक राष्ट्रिय शक्ति बन्ने लक्ष्य अन्तर्गत नै एमालेले हरेक मतदाताको राजनीतिक आबद्धता विवरण तयार पार्न लागेको हो । तर यो विवरण गोप्य राख्ने एमाले नेताहरुले बताएका छन् ।

एक नेताका अनुसार, आगामी मंसिरमा उपचुनाव हुने क्षेत्रमा यो अभियान चलिरहेको छ । उपचुनाव हुने बाहेकका क्षेत्रमा भने आगामी फागुन र चैतमा यो अभियान चल्ने उनले बताए । एमाले संगठन विभागको योजना अनुरूप हरेक वडामा राजनीतिक पक्षधरता विवरण संकलन अभियान चल्न लागेको हो ।

वडा वडामा चलाउन लागिएको यो अभियानको समन्वय भने प्रदेश कमिटीहरूले गरिरहेका छन् । जस अन्तर्गत गत १० असोजमा बसेको बैठकबाट कोशी प्रदेशले अन्तरपार्टी निर्देशिका नै जारी गरिसकेको छ । ‘आर्थिक वर्षको अन्तिम २ महिनालाई शक्ति सन्तुलन तथा जनमतको स्थिति तथ्यांकमा (वडारपालिकारप्रदेशरसंघ) केलाउने महिना बनाउने र गोपनीयता कायम गरी सम्बन्धित तहका अध्यक्षहरूले प्रदेश कमिटीमा आर्थिक वर्षको अन्तिम महिनामा प्रदेशमा बुझाउने’, अपानिमा भनिएको छ ।

पार्टी केन्द्रको निर्देशन बमोजिम जारी अपानिमा मतदाताको राजनीतिक पक्षधरता विवरण संकलनको नमूना फारम समेत पठाइएको छ । उक्त फारममा हरेक वडाको जम्मा मतदाता सङ्ख्यासहित एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र, राप्रपा र अन्य पार्टीमा आबद्ध मतदाता विवरण भर्न भनिएको छ ।

‘मिसन ८४ को लक्ष्य पूरा गर्नको लागि यही मंसिर मसान्तभित्रमा सबै टोल अधिवेशनहरू समेत सम्पन्न गर्ने र घरघरसम्मको कार्यविभाजन गरी हरेक घर परिवारको मतदाता संख्या र मतको एकिन गरी चालु आर्थिक वर्षको अन्तिम (असार मसान्त) सम्म शक्ति सन्तुलनको यकिन सर्वेक्षण तथ्यांकमा निम्न अनुसारको फर्म्याटमा पठाउन निर्देशन गरिएको छ’, अपानिमा भनिएको छ ।

कुल मतदाताको ६ प्रतिशत पार्टी सदस्य बनाउने लक्ष्य एमालेले लिएको छ । गत वैशाख पहिलो साता सम्पन्न पहिलो विधान महाधिवेशनमा महासचिव पोखरेलले प्रस्तुत गरेको तथ्यांक अनुसार अगामी आमचुनावसम्म एमालेले ५ लाख नयाँ सदस्य थप्ने लक्ष्य राखेको छ ।

गत आमचुनाव-०७९ मा एक करोड ७९ लाख ७८ हजार मतदाता रहेकाले यसको ६ प्रतिशत अर्थात् १० लाख पार्टी सदस्य बनाउनुपर्ने लक्ष्य महासचिव पोखरेलले प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव विधान महाधिवेशनले पारित गरेपछि त्यसै बमोजिम एमालेको गतिविधि सञ्चालन भइरहेको छ ।

  • Related Posts

    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    काठमाडौं, १४ वैशाख/नेपाल विद्युत प्राधिकरणले हाल विद्युत आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै देशभर विद्युत आपूर्तिमा कुनै लोडसेडिङ नरहेको स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार हाल देशभर विद्युतको…

    राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

    काठमाडौं — राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार ललितपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सभामुख…

    पहिलो

    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    • June 20, 2025
    • 81 views
    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    • June 16, 2025
    • 153 views
    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    • June 16, 2025
    • 91 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-

    • June 16, 2025
    • 137 views
    प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-

    अन्तरास्ट्रिय योग दिवसको तैयारी बारे भारतको महावाणिज्य दूतावास द्वारा जानकारी-

    • June 15, 2025
    • 94 views
    अन्तरास्ट्रिय योग दिवसको तैयारी बारे भारतको महावाणिज्य दूतावास द्वारा जानकारी-

    सशस्त्र प्रहरी बल पर्साद्वारा लाखौं मूल्य बराबरको विभिन्न सामानहरु भन्सार दाखिला-

    • June 10, 2025
    • 127 views
    सशस्त्र प्रहरी बल पर्साद्वारा लाखौं मूल्य बराबरको विभिन्न सामानहरु भन्सार दाखिला-