हर्षोल्लासका साथ मनाए तमु ल्होसार

अन्नपूर्ण (कास्की), १६ पुसः पोखराका गुरुङ समुदायले सोमबार गुरुङको नयाँ वर्ष तथा महान पर्व ल्होसार गिद्ध वर्गको बिदाइ र सर्प वर्गको स्वागतसँगै दिनभर हर्षोल्लासका साथ मनाएका छन् । गुरुङ समुदायले पोखरास्थित तमु धिं नेपाल, तमु प्हे ल्हु सङ्घ र बौद्ध अर्घौ सदनमा भेला भएर शुभकामना आदानप्रदान, बुद्ध दर्शन, पूजाआजा, दीप प्रज्ज्वलन गर्दै यो वर्षको ल्होसार मनाएका हुन् । पोखरामा प्रधान कार्यालय रहेको गुरुङहरूको सामाजिक संस्थाले तमु धिं नेपालले ल्होसार शुभकामना र्‍याली आयोजना गरेको थियो । र्‍याली चिप्लेढुङ्गा, महेन्द्रपुल, नयाँबजार हुँदै तमु धिं नेपालमा पुगी ल्होसार विशेष कार्यक्रम परिणत भएको थियो । जहाँ विभिन्न झाँकी र परम्परागत नृत्य प्रस्तुत गरिएको थियो । तमु धिंको उक्त कार्यक्रममा अन्य जातीय सङ्घसंस्थाले पनि एक्यबद्धता जनाएका थिए । जसमा नेवाः खल कास्की, हेल्मो समाज, तामाङका प्रतिनिधिहरु आ–आफ्नो पोसाकमा उपस्थित भएर जातीय सद्भाव झल्काएका थिए । र्‍याली तमु धिं नेपालको प्राङ्गणमा पुगेर ल्होसार शुभकामना एवं सम्मान कार्यक्रममा परिणत भएको थियो । कार्यक्रमको गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा उहाँले नेपाली समाजको विविधता र सांस्कृतिक परम्परा विश्व समुदायका लागि पनि महत्वपूर्ण पुँजी रहेको बताउनुभयो । प्रदेश प्रमुख भट्टले परम्परागत पर्वको मौलिकता जोगाइराख्नु मुख्य चुनौती रहेको पनि उल्लेख गर्नुभयो । “यी महत्वपूर्ण पर्वहरूलाई जोगाउने अबको मुख्य जिम्मेवारी युवाहरूको काँधमा छ । ट्होंटेका र्‍यालीहरूमा भाङ्ग्रा र कछाड, घलेक गुन्यूचोली लगाउने किशोरकिशोरी युवायुवतीहरु पातालिँदै गएका छन्”, उहाँले भन्नुभयो, “अबको पुस्तालाई आफ्नो संस्कृति र धर्म पुस्तान्तरण गर्नु हाम्रो मुख्य जिम्मेवारी हो । भाषा, संस्कृति, वेशभूषा र संस्कार आ–आफ्ना जातीय चिन्हारी र मौलिक सभ्यताका आधार स्तम्भ हुन् । यस्ता विविधताको संरक्षण र विकास गर्नु हामी सबैको दायित्व हो ।” पोखरामा प्रधान कार्यालय रहेको धार्मिक संस्था तमु प्हे ल्हु सङ्घमा पनि शुभकामना आदानप्रदानसहित, नृत्य प्रदर्शन, छेलो, रस्साकस्सी प्रतियोगिता गरिएको थियो । सङ्घमा आइतबार राति १२ बजे सर्प वर्गको स्वागत गर्न ‘बोन फायर’ गरिएको थियो । ल्होसारको दिन बिहानै ४ बजेदेखि घ्याब्रीहरूले थासो फाल्ने, प्हच्युहरूले छ्यपो पूजा गर्ने र बोन लमहरूबाट छ्येगुह्येगु (ग्रह काट्ने काम) गरिएको अध्यक्ष ओमबहादुर थिम्जे तमुले जानकारी दिनुभयो । प्हच्यु, घ्याब्री र बोन लमहरूबाट रिपा लगाउने कार्यसँगै शुभकामना आदानप्रदान, सम्मान, खुला नृत्य प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो । बौद्ध अर्घौ सदन, रामघाटले पनि ल्होसारको दिन विभिन्न कार्यक्रम भएको थियो । बिहानैदेखि ग्रहशान्ति दशाको पूजा गरिने ग्रहशान्ति गर्ने, दर्शन गर्ने, दीप प्रज्ज्वलन, रिपा लगाउने र खाना दानको कार्यक्रम गरिएको बौद्ध अर्घौ सदन, रामघाटका अध्यक्ष रुद्रबहादुर घलेले जानकारी दिनुभयो । समग्रमा यो वर्षको सप्री ल्होसार हर्षोल्लासका साथ सकिएको तमु धिं नेपालका कार्यवाहक अध्यक्ष सुबेदार मेजर श्रीप्रसाद गुरुङले बताउनुभयो । आगामी वर्ष पनि अझ प्रभावकारी रुपमा ल्होसार मनाइने उहाँले जानकारी दिनुभयो ।

  • Bishnu Timalsina

    Related Posts

    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    धादिङ । धादिङको रुबीभ्याली गाउँपालिका क्षेत्रमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन्। रुबीभ्याली गाउँपालिका–१ सोमदाङबाट सेर्तुङ हुँदै बोराङतर्फ जाँदै गरेको साइकल आइतबार अनियन्त्रित भई वडा नम्बर ३…

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षक पदमा नियुक्ति लिएको आरोपमा नवलपरासीका एक शिक्षकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) विनयी त्रिवेणी गाउँपालिका–२ निवासी कृष्णबहादुर…

    पहिलो

    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    • May 25, 2026
    • 34 views
    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    • May 25, 2026
    • 29 views
    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    • May 25, 2026
    • 42 views
    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 188 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    • May 23, 2026
    • 53 views
    पाँचथरमा बाढी र पहिरो:  पुल र सर्वसाधारणका घरमा क्षति

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    • May 23, 2026
    • 50 views
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ