हर्षोल्लासका साथ मनाए तमु ल्होसार

अन्नपूर्ण (कास्की), १६ पुसः पोखराका गुरुङ समुदायले सोमबार गुरुङको नयाँ वर्ष तथा महान पर्व ल्होसार गिद्ध वर्गको बिदाइ र सर्प वर्गको स्वागतसँगै दिनभर हर्षोल्लासका साथ मनाएका छन् । गुरुङ समुदायले पोखरास्थित तमु धिं नेपाल, तमु प्हे ल्हु सङ्घ र बौद्ध अर्घौ सदनमा भेला भएर शुभकामना आदानप्रदान, बुद्ध दर्शन, पूजाआजा, दीप प्रज्ज्वलन गर्दै यो वर्षको ल्होसार मनाएका हुन् । पोखरामा प्रधान कार्यालय रहेको गुरुङहरूको सामाजिक संस्थाले तमु धिं नेपालले ल्होसार शुभकामना र्‍याली आयोजना गरेको थियो । र्‍याली चिप्लेढुङ्गा, महेन्द्रपुल, नयाँबजार हुँदै तमु धिं नेपालमा पुगी ल्होसार विशेष कार्यक्रम परिणत भएको थियो । जहाँ विभिन्न झाँकी र परम्परागत नृत्य प्रस्तुत गरिएको थियो । तमु धिंको उक्त कार्यक्रममा अन्य जातीय सङ्घसंस्थाले पनि एक्यबद्धता जनाएका थिए । जसमा नेवाः खल कास्की, हेल्मो समाज, तामाङका प्रतिनिधिहरु आ–आफ्नो पोसाकमा उपस्थित भएर जातीय सद्भाव झल्काएका थिए । र्‍याली तमु धिं नेपालको प्राङ्गणमा पुगेर ल्होसार शुभकामना एवं सम्मान कार्यक्रममा परिणत भएको थियो । कार्यक्रमको गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा उहाँले नेपाली समाजको विविधता र सांस्कृतिक परम्परा विश्व समुदायका लागि पनि महत्वपूर्ण पुँजी रहेको बताउनुभयो । प्रदेश प्रमुख भट्टले परम्परागत पर्वको मौलिकता जोगाइराख्नु मुख्य चुनौती रहेको पनि उल्लेख गर्नुभयो । “यी महत्वपूर्ण पर्वहरूलाई जोगाउने अबको मुख्य जिम्मेवारी युवाहरूको काँधमा छ । ट्होंटेका र्‍यालीहरूमा भाङ्ग्रा र कछाड, घलेक गुन्यूचोली लगाउने किशोरकिशोरी युवायुवतीहरु पातालिँदै गएका छन्”, उहाँले भन्नुभयो, “अबको पुस्तालाई आफ्नो संस्कृति र धर्म पुस्तान्तरण गर्नु हाम्रो मुख्य जिम्मेवारी हो । भाषा, संस्कृति, वेशभूषा र संस्कार आ–आफ्ना जातीय चिन्हारी र मौलिक सभ्यताका आधार स्तम्भ हुन् । यस्ता विविधताको संरक्षण र विकास गर्नु हामी सबैको दायित्व हो ।” पोखरामा प्रधान कार्यालय रहेको धार्मिक संस्था तमु प्हे ल्हु सङ्घमा पनि शुभकामना आदानप्रदानसहित, नृत्य प्रदर्शन, छेलो, रस्साकस्सी प्रतियोगिता गरिएको थियो । सङ्घमा आइतबार राति १२ बजे सर्प वर्गको स्वागत गर्न ‘बोन फायर’ गरिएको थियो । ल्होसारको दिन बिहानै ४ बजेदेखि घ्याब्रीहरूले थासो फाल्ने, प्हच्युहरूले छ्यपो पूजा गर्ने र बोन लमहरूबाट छ्येगुह्येगु (ग्रह काट्ने काम) गरिएको अध्यक्ष ओमबहादुर थिम्जे तमुले जानकारी दिनुभयो । प्हच्यु, घ्याब्री र बोन लमहरूबाट रिपा लगाउने कार्यसँगै शुभकामना आदानप्रदान, सम्मान, खुला नृत्य प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो । बौद्ध अर्घौ सदन, रामघाटले पनि ल्होसारको दिन विभिन्न कार्यक्रम भएको थियो । बिहानैदेखि ग्रहशान्ति दशाको पूजा गरिने ग्रहशान्ति गर्ने, दर्शन गर्ने, दीप प्रज्ज्वलन, रिपा लगाउने र खाना दानको कार्यक्रम गरिएको बौद्ध अर्घौ सदन, रामघाटका अध्यक्ष रुद्रबहादुर घलेले जानकारी दिनुभयो । समग्रमा यो वर्षको सप्री ल्होसार हर्षोल्लासका साथ सकिएको तमु धिं नेपालका कार्यवाहक अध्यक्ष सुबेदार मेजर श्रीप्रसाद गुरुङले बताउनुभयो । आगामी वर्ष पनि अझ प्रभावकारी रुपमा ल्होसार मनाइने उहाँले जानकारी दिनुभयो ।

  • Bishnu Timalsina

    Related Posts

    बिरगंज न्युरो एण्ड जेनेरल हस्पिटलमा आधुनिक सीटी स्क्यान मेसिन सञ्चालन-

    -दीपेन्द्र प्रजापति/कालो झोला । बिरगंज, ३१ असार । बिरगंज स्थित बिरगंज न्युरो एण्ड जेनेरल हस्पिटलमा अत्याधुनिक प्रविधियुक्त CT Scan मेसिन आज देखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । आधुनिक चिकित्सकीय…

    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २८ असार । नेपाली कांग्रेस वडा नं.२१ को बुथ समिति द्वारा पार्टी प्रवेश कार्यक्रम को आयोजना गरेको छ । उक्त कार्यक्रम मा विभिन्न पार्टी प्रत्याग…

    पहिलो

    बिरगंज न्युरो एण्ड जेनेरल हस्पिटलमा आधुनिक सीटी स्क्यान मेसिन सञ्चालन-

    • July 15, 2025
    • 108 views
    बिरगंज न्युरो एण्ड जेनेरल हस्पिटलमा आधुनिक सीटी स्क्यान मेसिन सञ्चालन-

    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    • July 12, 2025
    • 144 views
    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    • July 10, 2025
    • 126 views
    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    • July 10, 2025
    • 110 views
    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    • July 10, 2025
    • 123 views
    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-

    • July 8, 2025
    • 134 views
    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-