दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०९ बैशाख । वडा प्रहरी कार्यालय, विर्ता ले बिशेष सूचनाको आधारमा शुक्रबार दिउसो करिब ०१:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. ०६ मा रहेको रूङटा कम्लेक्स मार्केट भित्र माँ जगदम्बा मनि ट्रान्सफर बाट हुँडीको लाखौं रुपैयाँ सहित दुई जना मानिसलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त दिन उल्लेखित मनि ट्रान्सफर मा बारा जिल्लाको कलैया उप-महानगरपालिका वडा नं. २३ बस्ने वर्ष ‍३८ को अर्जुन राउत कुर्मीले पिठ्युमा भिरेको कालो झोला संकाष्पद देखिएको हुँदा कानूनी रीतपुर्‍याई खानतलासी गर्दा उक्त झोलाभित्र लुकाइ छिपाइ राखिएको श्रोत नखुलेको रु. १ हजारको दरका नोट १ हजार ९ सय ५५ थान, रु. ५ सयको दरका नोट ५ सय थान र रु. १ सयको दरका नोट ७ समेत गरी जम्मा नेपाली रु. २२ लाख ०५ हजार ७ सय समेत फेला परेको र माँ जगदम्बा मनि ट्रान्सफरका संचालक पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिका वडा नं. ०३ बस्ने वर्ष ४३ को अजय कुमार साह समेतलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय, पर्सा मा ल्याई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा थप अनुसन्धान कार्य भैरहेको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले आईतबार बताएका छन् ।