१२ हजार भन्दा बढी किशोरीहरुलाई एकैसाथ आत्मरक्षा तालिम दिँदै वीरगंज महानगरपालिका, गिनिज बुकमा नाम दर्ज गर्ने तैयारी-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज २७ कात्तिक । वीरगंज महानगरपालिकाले १२ हजार भन्दा बढी किशोरीहरुलाई आत्मारक्षाका लागि भोली बुधबार तालिम दिन लागेको छ ।

महानगर भित्रका कक्षा ६ देखि १२ सम्मका छात्राहरुलाई तालिम दिन लागिएको महानगरपालिकाका प्रमुख राजेशमान सिंहले जानकारी दिनुभयो ।

बुधबार बिहान १० बजेबाट शुरु हुने प्रशिक्षण कार्यक्रममा वीरगंजका सामुदायीक र निजी विद्यालय, कलेज गरी १२ हजार बढी छात्राहरुको सहभागिता रहने उहाँले बताउनुभयो ।

एकसाथ १२ हजार भन्दा बढी किशोरीहरुलाई आत्मरक्षाको तालिम दिएर वर्ल्ड रेकर्ड सहित गिनिज बुकमा धेरै किशोरीलाई एक साथ तालिम दिएर महानगरको नाम लेखाउने तयारी समेत भएको उहाँले बताउनुभयो । यो तालिम सफल रुपमा सम्पन्न भएमा वीरगंजको मात्र नभई सिंगो नेपाल कै नाम अन्तर्राष्ट्रिय रुपमा चर्चित हुने भएको हुँदा आम नगरबासीलाई कार्यक्रम सफल पार्न पनि उहाँले आग्रह गर्नुभयो ।

वीरगंज महानगरपालिकाको आयोजना तथा नेपाल भारत सहयोग मञ्चको समन्वयमा भारतका ख्यातिप्राप्त मार्शल आर्ट प्रशिक्षक डाक्टर चिता यजनेश शेट्टिलाई बोलाएर सहभागिहरुलाई प्रशिक्षण दिन लागिएको महानगका उपप्रमुख इम्तियाज आलमले जानकारी दिनुभयो ।

आदर्शनगर रंगशालामा हुने प्रशिक्षणको सम्पूर्ण तयारी भइसकेको र छात्राहरुलाई ल्याउने लैजाने व्यवस्था सहित सुरक्षाको व्यवस्था मिलाइसकिएको महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले जानकारी दिनुभयो ।

भारत बाट आउनुभएका प्रशिक्षक शेट्टी अभिनेता, निर्देशक, निर्माता, मार्शल आर्टिस्ट र फिटनेस प्रशिक्षक समेत हुनुहुन्छ । उहाँले अमिताभ बच्चन, सलमान खान, अजय देवगन, गोविन्दा, फरहान अख्तर, ऋतिक रोशन, रेखा, करिश्मा कपुर, रवीना टंडन, माधुरी दीक्षित, रोजर मूर, ज्याकी च्यान जस्ता धेरै बलिउड र हलिउड स्टारहरूलाई आत्मरक्षा सम्बन्धी प्रशिक्षण दिनुभएको छ ।

ख्यातिप्राप्त प्रशिक्षकद्वारा दिइने तालिमले छात्राहरु (किशोरी) आत्मरक्षाका लागि सक्षम हुने विश्वास नेपाल भारत सहयोग मंचका अध्यक्ष अशोक वैदले व्यक्त गर्नुभयो ।

आयोजित पत्रकार सम्मेलानमा प्रशिक्षक शेट्टीले आफू नेपालका छात्राहरुलाई प्रशिक्षण दिन आउन पाउँदा धेरै नै खुसी लागेको बताउनु भयो ।

बुधबार हुन लागेको प्रशिक्षणलाई व्यवस्थित बनाउन महिला स्वयंसेवीहरु पनि खटाइएको जानकारी मंगलबार एक पत्रकार सम्मेलनको आयोजना गरि दिइएको छ ।

  • Related Posts

    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगंज, २१ असार । मुस्लिम धर्मावलम्बीहरूको पवित्र पर्व मोहर्रम यस वर्ष पनि वीरगंजको पुरानो बसपार्कमै मनाउने सर्वदलीय निर्णय भएको छ। विभिन्न राजनीतिक दल र स्थानीय निकाय…

    दुधेश्वरनाथ महादेव मन्दिर भाथा धाममा श्रावणी मेला प्रचार प्रसारका लागी पत्रकार समिती गठन-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २१ असार । पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने पर्साको पटेरवा सुगौली गाउँपालिका वार्ड नं. ०१ मा लाग्ने भाथाधाम मेला लाई लक्षित गरी आज एक कार्यक्रमका…

    पहिलो

    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    • July 5, 2025
    • 85 views
    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    दुधेश्वरनाथ महादेव मन्दिर भाथा धाममा श्रावणी मेला प्रचार प्रसारका लागी पत्रकार समिती गठन-

    • July 5, 2025
    • 186 views
    दुधेश्वरनाथ महादेव मन्दिर भाथा धाममा श्रावणी मेला प्रचार प्रसारका लागी पत्रकार समिती गठन-

    सशस्त्र प्रहरी बल नेपाल, पर्सा द्वारा लाखौं मूल्य बराबरको अबैध कपडाहरु बरामद-

    • July 3, 2025
    • 139 views
    सशस्त्र प्रहरी बल नेपाल, पर्सा द्वारा लाखौं मूल्य बराबरको अबैध कपडाहरु बरामद-

    दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको घोषणापत्र संयुक्त राष्ट्र संघलाई हस्तान्तरण-

    • July 3, 2025
    • 135 views
    दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको घोषणापत्र संयुक्त राष्ट्र संघलाई हस्तान्तरण-

    नेशनल मेडिकल कलेज, बीरगंजमा ३० वर्षीय बिरामीमा टोटल कृतिम हिप जोर्नी प्रत्यारोपण सफलता पूर्वक सम्पन्न-

    • July 2, 2025
    • 119 views
    नेशनल मेडिकल कलेज, बीरगंजमा ३० वर्षीय बिरामीमा टोटल कृतिम हिप जोर्नी प्रत्यारोपण सफलता पूर्वक सम्पन्न-

    मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न एक जना पक्राउ-

    • July 2, 2025
    • 110 views
    मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न एक जना पक्राउ-