अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

काठमाडौँ । चार जना अन्तरिक्ष यात्रीहरू निर्धारित समयभन्दा एक महिना अगाडि नै अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट पृथ्वीमा फर्किएका छन् ।

उनीहरूको अन्तरिक्ष यान क्यालिफोर्नियाको तटबाट महासागरमा अवतरण गरेको थियो । ड्र्यागन एन्डेभरबाट पृथ्वीमा फर्कन लगभग ११ घण्टा लागेको नासाले जानकारी दिएको छ । क्यालिफोर्नियाको तटबाट प्रशान्त महासागरमा खस्दा अन्तरिक्ष यानको गति २५ किलोमिटर प्रतिघण्टा थियो । 

यी अन्तरिक्ष यात्रीहरूमा माइक फिन्के, जिना कार्डम्यान, जापानका किमिया युई र अन्तरिक्ष यात्री ओलेग प्लेटोनोभ रहेका छन् । उनीहरूले १६७ दिन अन्तरिक्षमा बिताए । उनीहरु अगस्ट १, २०२५ मा अन्तरिक्ष स्टेशनमा आइपुगेका थिए र त्यहाँ छ महिनाभन्दा अलि बढी समय बस्ने तालिका थियो ।

तर गत हप्ता, फिन्के र कार्डम्यानको निर्धारित अन्तरिक्षयात्रा अन्तिम समयमा रद्द गरियो । केही घण्टा पछि, नासाले एक चालक दलका सदस्य बिरामी परेको र उनीहरुलाई तत्काल पृथ्वीमा फर्काउने जानकारी दियो ।

सन् १९९८ मा पृथ्वीको कक्षमा अन्तरिक्ष स्टेशन स्थापना भएपछि चिकित्सा कारणले गर्दा कसैलाई त्यहाँबाट फिर्ता ल्याइएको यो पहिलो पटक हो ।

  • Related Posts

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ३० जेठ । १२ औं अन्तर्राष्ट्रिय योग दिवस जुन २१, २०२६ “स्वस्थ बुढ्यौलीका लागि योग” (Yoga for Healthy Ageing) भन्ने मूल नाराका साथ मनाइँदैछ ।…

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २९ जेठ । वन संरक्षण तथा अवैध काठ तस्करी नियन्त्रण अभियान अन्तर्गत ईलाका प्रहरी कार्यालय, पटेर्वा सुगौलीले करिब २० क्यु फिट सालको अवैध काठ नियन्त्रणमा…

    पहिलो

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 41 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 59 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 119 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 136 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 53 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 80 views